म देशको रंगमञ्च

जहाँ तराईका विशाल फाँटहरू
सुरम्य सपना बनेर
धानका बालासँग रम्दै छन्
जहाँ पहाडी उपत्यकाहरू
हृदयको बगैँचा बनेर
स्वयम् सिप सजाउँदै छन्
हो,
म त्यो देशको रङ्र्गमञ्च हुँ
जुन मञ्चमा राष्ट्रकै सौन्दर्य नाच्दै छ ।

जहाँ विश्वको माथ सगरमाथा
आस्थाको केन्द्र बनेर
डलरसँग स्वयम् सौन्दर्य साट्दै छन्
जहाँ तराईदेखि हिमालसम्म
ममताको डोरी बनेर
स्वयम् सम्बन्धहरू जोडिँदै छन्
हो,
म त्यो देशको रङ्र्गमञ्च हुँ
जुन मञ्चमा राष्ट्रकै सौन्दर्य नाच्दै छ ।

जहाँ हिमालका मूलहरू
अमृतका अजस्र धारा बनेर
स्वर्गबाट धर्तीमा ओर्लँदै छन्
नव रचनाको जलधि बनेर
जहाँ भावनाको स्वप्न
सिर्जनाको अनाज बनेर
मनको विराट फाँटमा झुल्दै छन्
हो,
म त्यो देशको रङ्र्गमञ्च हुँ
जुन मञ्चमा राष्ट्रकै सौन्दर्य नाच्दै छ ।

जहाँका पहाड पर्वतहरू
अटल, अजर र अमर बनेर
चराचरको आवाजमा
झरनाको छङ्छङ्र्मा
कोइलीको कुहुकुहुमा
गीतसङ्गीत बनेर
खुसी साटासाट गर्दै छन्
जहाँका पुतली र भ्रमराहरू
अनेक फूलहरूमा रमाएर
सयौं जातजातिका बिच
सहिष्णुताको पाठ सिकाउँदै छन्
हो,
म त्यो देशको रङ्र्गमञ्च हुँ
जुन मञ्चमा राष्ट्रकै सौन्दर्य नाच्दै छ ।

तपाइको प्रतिक्रिया
(Visited 424 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नुवाकोटमा कतै गठबन्धन कतै एक्ला एक्लै