इमानदारीता र सशक्त कार्यान्वयनको खाँचो

नेपालका लागि तीनदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार काठमाडौं आइपुगेका चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री नारायण खड्काबीच ९ बुँदे सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसले नेपाल–चीनबीच व्यापार तथा मैत्री सम्बन्धलाई थप बलियो बनाएको छ । प्रधानमन्त्री देउवासँग भेटघाटका क्रममा चीनका तर्फबाट पोखरा विमानस्थलको साँचो हस्तान्तरण पनि गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको आर्थिक सहयोगमा निर्माण कार्य पूरा भइसकेको छ । विमानस्थलको बाँकी फिनिसिङ सकिने अवस्थामा रहेको छ । यसका साथै, नेपाल–चीनबीच रेलमार्गको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजनामा हस्ताक्षर गरिएको छ । चीनले नेपाललाई दिँदै आएको वार्षिक अनुदान राशी बढाएर १५ अर्ब रुपैयाँ पु¥याएको छ । नेपालमा पछिल्लो समयमा संसद्बाट अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित भएपछि नेपाल र चीनबीचमा छिमेकी तथा मैत्री सम्बन्धलाई लिएर देशभित्र र देश बाहिर बहस र तर्क हुँदै आएका थिए । अनेकन आँकलन र मनोगत सोचले खेल्ने मौका पनि पाएका थियो । यो भ्रम निवारणका लागि चिनियाँ पक्षले नै पहल लिनुपर्ने थियो, जो अहिले हुन गएको छ ।

यो भ्रमणका क्रममा नेपाल–चीनबीच बहुआयामिक समझदारी तथा सम्झौता सम्पन्न भएका छन् । दुई देशबीच भएको आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना, पावर ग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययन सहयोेग सम्झौता, सुरक्षित रूपमा स्वस्थ घाँस नेपालबाट चीननिर्यात गर्नेसम्बन्धी समझदारी आदि अग्रपंक्तिमा रहेका छन् । नेपालबाट चीनमा आयात गरिने ९८ प्रतिशत नेपाली वस्तुुका लागि शुल्कमुक्त कारोबारको विनिमयपत्रमा हस्ताक्षर भएको छ । यसले नेपालको घरेलु उत्पादनलाई चीनमा बढावा दिएर नेपालको आर्थिक उन्नतिका लागि छिमेकीका तर्फबाट सहयोगी हात अघि बढाइएको छ । नेपाल–चीन हितैषी तथा मैत्री भाव प्रकट गर्ने अरनिको राजमार्ग (तेस्रो चरण) मर्मतसम्भार परियोजना हस्तान्तरण प्रक्रिया पनि अघि बढाइने भएको छ । नेपालले आर्थिक विकासका लागि देखेको सपना र त्यो सपना पूरा गर्ने बाटोका रूपमा रहेको रेलवे क्षेत्रमा पनि चीनले सहयोग अभिवृद्धिसम्बन्धी सातौं बैठकको दस्तावेज कार्यान्वयनमा ल्याइने भएको छ । यसका साथै, कोभिड–१९ चीन सहायताअन्तर्गत नेपाललाई खोप आपूर्ति र स्वीकृतिका साथै चितवनस्थित बीपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउनेसम्बन्धी समझदारी पनि भएको छ ।

चीन र नेपालबीच ऊर्जा आदानप्रदान गर्न ४ सय केबी प्रसारण लाइन बनाउने र यसको कार्यान्वयनका लागि तत्कालै नेपाल–चीनबीच १ सय४९ किलोमिटर प्रसारण लाइन बनाउन सम्भाव्यता अध्ययन थालिने भएको छ । योभन्दा पहिले समझदारी र सम्झौता गरिने तर ती कार्यान्वयनमा ल्याइनुको सट्टा थन्क्याइने परिपाटी नेपालका तर्फबाट हुँदै आएको थियो । तर, यसपटकका सहमती, सम्झौता र समझदारी कार्यान्वयनको स्तरमा लगिएका छन् । यी सबैको सफल कार्यान्वयनका लागि नेपाल सरकारले तत्परता देखाउनुपर्छ । पहल लिन सक्नुपर्छ । कूटनीतिक आदानप्रदान नियमित र कार्यकारी बनाउनुपर्छ । यसका लागि नेपाल–चीन सरकारले इमानदार कार्यान्वयको बाटो अख्तियार गरून् ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको स्थगित मतगणना ७ घन्टापछि सुरू