ठेकेदारले स्थानीय तह निर्वाचनमा लड्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको व्यक्तिलाई उम्मेदवार हुन नपाउने निर्णय गरेको छ ।

बैठकपछि आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र साथ पेस गर्नुपर्ने स्वघोषणाका बुँदाहरुसमेत सार्वजनिक गरेको छ । जसमा नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको, २१ वर्ष पूरा भएको नेपाली नागरिक भएको, सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको लगायत छन् ।

आयोगले जारी गरेको १९ बुँदे स्वघोषणा अन्तर्गत नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको, २१ वर्ष उमेर पुरा भएको नेपाली नागरिक भएको, गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक वा सुविधा पाउने गरी वहाल नरहेको, स्थानीय तहलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको, सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको लगायतका बुँदाहरु स्वघोषणामा उल्लेख गर्नुपर्ने भएको छ।

तपाइको प्रतिक्रिया
(Visited 312 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीको मदानेमा अध्यक्षमा १० मतान्तरले गठबन्धनका उम्मेदवार विजयी