राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता सुरु,

काठमाडौं । बुधबारबाट काठमाडौं भृकुटीमण्डप बँगौचामा ‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’ सुरु भएको छ । यो प्रतियोगिताको बुधबार दिउँसो अर्थ मन्त्रालयका सचिब मधुकर मरासिनी, बरिष्ट लोक गायक कुमार बस्नेतले उद्घाटन गरेका छन् ।

१६ चैत बुधबारबाट २० चैतसम्म सोही स्थानमा जारी रहने यो महोत्सब लोक दोहोरी श्रष्टाका लागि दशैं जस्तै भएको कार्यक्रममा सहभागीहरुले बताएका छन् । अर्थ सचिब मरासिनीले यस्ता प्रतियोगिताले लोक दोहोरीको प्रवर्धन र विकाशमा अझ टेवा पु¥याउने कार्यक्रममा बताए । कला संस्कृतिको चिनारीले मुलुकको चिनारी विश्वव्यापी रुपमा बढ्ने भनाई राख्दै लोक दोहोरी हाम्रो मौलिक लोक सँस्कृति भएको उनले जिकिर गरे ।

६१ टोलीबीच प्रतिस्पर्धा

यस्तै अग्रज लोक गायक कुमार बस्नेतले कोरोनापछि सुरु भएको यो प्रतियोगिताले सुस्ताएको संगीत क्षेत्रलाई उर्जा थप्ने भनाई सो कार्यक्रममा राखे । उनले लोक गीत गाउनेलाई आफुहरुको पालामा गाउँलेको रुपमा हेर्ने गरेको स्मरण सुनाउँदै अहिले लोक दोहोरी राष्ट्रिय स्तरमै स्थापित भएको छ भने ।

हास्य कलाकार जितु नेपालले कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवा लगायत विभिन्न कलाकारको क्यारिकेचर गर्दै दर्शकलाई हँसाए । आफुले कैयौं लोक दोहोरी गीतको भिडियोमा अभिनय गरेकाले आफुलाई लोक दोहोरी कलाकारकै रुपमा लिईदिन उनले अनुरोध गरे । सोही कारण अब आफु राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आजिवन सदस्य बन्ने जितुले बताए । तत्कालै हरेक प्रश्नको जवाफ लयबद्ध रुपमा दिन सकिने कला लोकदोहोरी गीतमा मात्र हुने उनले जिकिर गरे । सोही कारण लोक दोहोरी सबैलाई मन पर्ने उनको कथन थियो ।

२०६० को दशकमा सुरु भएको लोक दोहोरी प्रतियोगिता फेरी पुरानै उर्जाका साथ सुरु भएको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष तथा लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानले अब यसलाई आउँदा दिनमा पनि निरन्तता दिईने विगश्वास व्यक्त गरे । अहिलेका कतीपय चर्चित लोक दोहोरी गायक गायिकाहरु बिगतमा यस्तै प्रतियोगिताबाट यो क्षेत्रमा आएको बताउँदै नयाँ कलाकारका लागि यो प्रतियोगिता ठुलो अबसर भएको उनले जिकिर गरे ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले यो प्रतियोगितामा ७० टिमले नाम टिपाए पनि राजधानी र मोफसबाट ६१ वटा टोलीले भाग लिएको जानकारी गराए । दर्शकका लागि प्रवेश निशुल्क गरिएको यो प्रतियोगितामा प्रस्तुत हुने दोहोरी गीत भव्य र सभ्य हुने जिकिर उनले गरे । सुस्ताएको लोक दोहोरी क्षेत्रको प्रवर्धनको लागि आफुहरुले यो दोहोरी प्रतियोगिता फेरी सुरु गरेको अध्यक्ष बिजीले जानकारी गराए । कार्यक्रम स्थलमा रहेको विभिन्न स्टलमा रहेका स्वादिष्ट खानाको स्वाद लिँदै दोहोरी सुन्न सकिने पनि उनले बताए ।

वुधबारको उद्घाटन समारोहमा गायक प्रकाश सपुतले पीर गीत गाउँदा दर्शकले तालीले साथ दिएका थिए । यस्तै कुलेन्द्र बिक, रामजी खाँडलगायतका विभिन्न कलाकारले प्रस्तुत गरेका गीतहरुले पनि दर्शक नचायो । कार्यक्रममा विभिन्न कलाकारहरुले आकर्षक लोक नृत्य प्रस्तुत गरेका थिए ।

बुधबार उद्घाटन भएको यो प्रतियोगितामा बिहिबार बिहान नौ बजेबाटै दोहोरी गायन टोली बीच गायन प्रतिस्पर्धा हुने भएको छ । बिहान ९ बजे देखि बेलुका ७ बजेसम्म जारी रहने यो प्रतियोगिताको समापन शनिबार बेलुका हुनेछ । प्रतियोगितामा उत्कृष्ट हुने टोलीले लोक दोहोरी तर्फको राष्ट्रिय रिनङ शिल्डसँगै पदक, २ लाख ५० हजार रुपैयाँ, प्रमाणपत्र, द्धितीय हुने टोलीले ट्रफी, पदक र रु १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा तेश्रो हुने टोलीले नगद १ लाख रुपैयाँ सहित ट्रफी, पदक र प्रमाणपत्र र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँ सहित ट्रफी, पदक, प्रमात्रणपत्र प्राप्त गर्ने छन् । यस्तै प्रतियोगितामा उत्कृष्ट हुने दुई जना गायक र दुई जना गायिकालाई जनही १० हजार रुपैयाँ सहित उत्कृष्ट गायक गायिकाको पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट भेषभुषा र उत्कृष्ट अनुसासन टोलीले पनि १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी