फाइभ थाउजेन्ड बाइ फाइभ थाउजेन्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले ‘फाइभ थाउजेन्ड बाइ फाइभ थाउजेन्ड अभियान’ सञ्चालन गर्ने भएको छ । पार्टीको ‘दिगो आर्थिक स्रोत’का लागि एमालेले अभियान सञ्चालन गर्न लागेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी ‘अन्तरपार्टी निर्देशन–३’ मा धेरै आय भएका ५ हजार पार्टी सदस्यबाट महिनाको ५ हजार सहयोग गर्न उल्लेख छ । एमालेले आफ्ना क्षेत्रमा आय भएका र योगदान गर्न इच्छुुक सदस्यको नामावली संकलन गरेर चैत अन्त्यसम्म केन्द्रीय कार्यालयमा बुझाउन भनिएको छ ।

‘५ हजार लेवी दिने ५ हजार जना अभियान (फाइभ थाउजेन्ड बाइ फाइभ थाउजेन्ड)’ प्रस्ताव गरिएको हो ।

एमालेका उच्च आय भएका ५ हजार सदस्यले यस कार्यकालभर नै अनलाइनमार्फत् हरेक महिना ५ हजारका दरले योगदान गर्ने प्रस्ताव बैठकले पारित गरेको छ । आ–आफ्नो क्षेत्रमा यस्ता आय भएका र योगदान गर्न इच्छुकको नामावली संकलन र नाम चैत अन्त्यसम्ममा केन्द्रीय कार्यालयमा उपलब्ध गराउन अनुरोध गरिएको ओलीद्वारा जारी अपानीमा उल्लेख छ ।

त्यस्तै, एमालेले ३ जेठ २०७५ सालमा पार्टी एकीकरण भएदेखि कोष व्यवस्थापन तथा नियन्त्रण गर्न बनेको केन्द्रीय आर्थिक व्यवस्थापन विनियम, २०६७ निष्क्रिय रहेको भन्दै पुराना खाता खोज्न सुरु गरेको छ ।

‘२३ फागुन २०७७ मा सर्वोच्च अदालतको फैसलापछि नेकपाको निरन्तरताका रूपमा एमाले पुनः क्रियाशील भएदेखि कोष व्यवस्थापनमा रहेको अस्तव्यस्तता दुरुस्त गर्ने प्रक्रिया आरम्भ गरिएको छ,’ अपानीमा भनिएको छ, ‘बैंक खाता खोजी, मौज्दात रकम रुजु र संविधान र कानुनको अधीनमा रही पार्टीको कोष व्यवस्थापन गर्ने काममा केन्द्रीय वित्त तथा कोष व्यवस्थापन विभाग क्रियाशील छ ।’

एमालेका अनुसार केन्द्रीय आर्थिक व्यवस्थापन विनियम, २०६७ सालको व्यवस्था अहिलेको सन्दर्भमा अपर्याप्त भएकाले केन्द्रीय समिति बैठकले केन्द्रीय लेखा तथा आर्थिक व्यवस्थापन विनियम, २०७८ समेत गरेको छ ।

एमालेले आगामी निर्वाचनका लागि अघिल्लो निर्वाचनझैं केन्द्रबाट केन्द्रीय घोषणापत्र तयार गर्ने र ७ सय ५३ पालिकामा आ–आप्mनो स्थानीय तहको प्रतिबद्धता–पत्र तयार गरी एकै दिन सार्वजनिक गर्ने तयारी गरेको छ ।

सो घोषणापत्र पार्टी स्थापना दिवसको दिन ९ वैशाख काठमाडौंमा र स्थानीय प्रतिबद्धता–पत्र सोही दिन आ–आफ्नो पालिकामा एकैसाथ सार्वजनिक गर्न निर्देश गरिएको छ ।

स्थानीय तहको प्रतिबद्धता–पत्रमा देशभर एउटै ढाँचामा हुनेछ । स्थानीय तहमा पाँच वर्षको कामको संक्षिप्त समीक्षा गर्दै केन्द्र, प्रदेश र पालिका सरकारबाट गरिएका काम र प्राप्त उपलब्धिलाई उल्लेख गर्नुपर्ने छ,’ अपानीमा भनिएको छ, ‘पार्टी नेतृत्व या बहुमत नरहेका पालिकामा समेत नेतृत्वको केन्द्र र प्रदेश सरकारबाट गरिएका काम र उपलब्धिको स्वामित्व लिनेगरी उल्लेख गर्नुपर्ने छ ।’

पार्टी स्थापना दिवस
एमालले ९ वैशाख २०७९ सालमा ‘पार्टी स्थापना दिवस’ देशव्यापी रूपमा सिर्जनात्मक ढंगले मनाउन निर्देशन दिएको छ ।

केन्द्रमा पार्टी स्थापना दिवस नयाँ पार्टी कार्यालय, तुलसीलाल स्मृति भवनमा र देशव्यापी रूपमा प्रत्येक पालिका तहमा आयोजना गरिने छन् । केन्द्रमा घोषणापत्र र ७ सय ५३ पालिकामा एकैसाथ प्रतिबद्धता–पत्र सार्वजनिक गरेर मनाइँदै छ ।

सोही दिन वरिष्ठ कम्युनिस्टलाई सम्मानित गर्ने कार्यक्रमअनुसार नेकपा स्थापना र त्यसको नेतृत्वमा भएका चर्चित राजनीतिक आन्दोलनमा महत्वपूर्ण योगदान गर्ने ज्येष्ठ कम्युनिस्टलाई केन्द्रमा सम्मानित गरिने एमालेले जनाएको छ । पालिकास्तरमा पनि सम्बन्धित भूगोलका अग्रज कम्युनिस्टको सम्मान कार्यक्रम राख्न निर्देशन गरिएको छ ।

स्थानीय निर्वाचन मिति घोषणा भइसकेको र पार्टीका सम्पूर्ण शक्ति निर्वाचनमा परिचालन गर्नुपर्ने भएकाले यसअघि नै प्रदेश अधिवेशन स्थगित गरिएको जानकारी सदस्यलाई गराइएको छ ।

अपानीमा पार्टीका अधिकांश कार्यक्रम माला-खदा र अस्तव्यस्त आसनग्रहण प्रक्रियाका कारण भद्दा हुन थालेको उल्लेख गर्दै यसलाई छरितो तुल्याउन सकेसम्म छरितो आसन ग्रहणजस्ता काम गर्ने र अनावश्यक माला÷खदा प्रयोगलाई निरुत्साहित गर्न एमालेले निर्देशन दिएको छ । आगामी स्थानीय तह निर्वाचनमा जुट्नसमेत निर्देशन दिइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 350 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजदूत अनुमोदन अन्योलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौंमा एकलाख मत गन्दा बालेन्द्रलाई १७ हजार मतान्तरको अग्रता, स्थापित तेस्रोमा झरे