नायिकाहरुको साथ नपाएपछि पीडामा नायक

काठमाडौं । चलचित्र ‘हेल्लो जिन्दगी’ शुक्रबार (आज)बाट मुलुकका ६ दर्जन भन्दा बढी सिनेमा हलबाट रिलिज हुँदैछ । एभरेष्ट सूर्य बोहराले निर्देशन गरेको यो चलचित्रको मुख्य नायक बिक्रम डि जोशी हुन् । यस अघि बलिउड अभिनेत्री सन्नी लियोनीसँग समेत फिल्म पासवर्डमा काम गरिसकेका यी अभिनेता यतीबेला निकै दुःखी छन् ।

बेलायतमा बस्दै आएका बिक्रम यही चलचित्रको रिलिजको लागि काठमाडौं आएका हुन् । यो फिल्मको उनी एक निर्माता पनि हुन् । तर यतिबेला यो फिल्मको दुई मुख्य नायिका प्रियँका कार्की र दीपिका प्रसाई हेल्लो जिन्दगीको कुनै पनि कार्यक्रममा उपस्थित नभएका छैनन् । उनीहरु आफुहरुको फोन सम्पर्कमा पनि नआएको निर्माण पक्षको गुनासो छ ।

बिहिबार राजधानीसँग कुरा गर्दै अभिनेता निर्माता जोशीले भने, ‘निर्देशकको कथा र माग अनुसार उहाँहरुलाई हामीले फिल्मका लियौं र फिल्म तयार पनि गरियो । तर अहिले प्रदर्शनको बेलामा उहाँहरु यो चलचित्रको कुनै पनि कार्यक्रममा सहभागी नहुँदा अत्यन्त दुःख लागेको छ ।’ यस अघि ह्याप्पी डेज, पासवर्ड जस्ता चलचित्रमा पनि नायकको रुपमा काम गरिसकेका बिक्रमले आफुहरुलाई नायिकाले पहिलो पटक फिल्मको रिलिजको बेला धोका दिएको बताए ।

‘बास्तविक कथामा हामीले निकै मेहनत गरेर राम्रो सिनेमा दर्शकलाई दिने कोशिस गरेका छौं । बिदेशी फिल्मको हस्तक्षेप नेपालमा बढेको बेला बेलायत र नेपालमा छायाँकन गरेर हामीले अन्तराष्ट्रिय स्तरको कथामा यो चलचित्र तयार गरेका छौं ।’ बिक्रमले भने । अभिनेतासँगै बेलायतमा चार्टर एकाउन्टेन्ट रहेका बिक्रम नेपाली चलचित्र माथि उठाउन सबैको साथको आबस्यता भएको बताउँछन् ।

हिन्दी चलचित्र आरआरआरले नेपाली सिनेमा हलमा दवदवा कायम बनाएको बेला आफुहरुले हिम्मत गरेर चलचित्र हेल्लो जिन्दगी रिलिज गरेको यसका निर्देशक एभरेष्ट सूर्य बोहराले राजधानीलाई बताए,‘अब हामीले बिदेशी सिनेमासँग नेपालमा सँघर्ष गर्नै पर्छ र त्यसका लागि दर्शकको पनि साथको आबस्यक छ ।’ बोहराले भने ।

चलचित्र ‘हेल्लो जिन्दगी’ मा बिक्रमसँगै प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, सबिता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त (जुन), ध्रुव दत्त, कुमुद पन्तलगायतको मुख्य भूमिका छ । फिल्मको निर्माता हिराल जोशी, कार्यकारी निर्मातामा सृजना जोशी महर्जन, सहनिर्मात्रीमा सबिता गुरुङ हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 441 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मधेशकी प्रथम महिला मेयर रीना साह पुन: निर्वाचित, गठबन्धन उम्मेदवार दोब्बरले मतले पराजित