नोबेल अस्पतालका डाक्टर यादव मृत भेटिए


विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत डाक्टर बिजय यादव शनिवार बिहान शंकास्पद अवस्थामा मृत फेला परेका छन् । सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भएका २७ बर्षीय यादव विराटनगरमा डेरा बस्दै आएको घरको आँगनमा मृत भेटिएका हुन् ।

उनी विराटनगर–४ स्थित प्रेम बस्नेतको घरमा डेरा बस्दै आएका थिए । सोही घरको कम्पाउण्डभित्र आँगनमा घोप्टो परेर लडेको र शरीरबाट रगत बगिरहेको अवस्थामा डाक्टर यादव मृत भेटिएका हुन् । उनको शवको प्रकृति हेर्दा मृत्यु शंकास्पद देखिएकाले हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको मोरङका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए । ‘घटना शंकास्पद देखिएको छ । मृतकको शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने आशंका गरेका छौं,’ डिएसपी श्रेष्ठले भने, ‘घटनाको बिषयमा थप अनुसन्धान भइरहेको छ ।’

हत्यारालाई कारबाही माग गर्दै टायर बालेर प्रदर्शन


तालिम प्राप्त कुकुर ल्याएर प्रहरीले घटनाको बिषयमा अनुसन्धान थालेको हो । डाक्टर यादव विगत चार बर्षदेखि नोबेलमा कार्यरत थिए । उनी नोबेलको हाडजोर्नी बिभागका मेडिकल अफिसर हुन् । शुक्रबार मोरङको कटहरीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा नोबेलका डाक्टरहरुको टालीसँगै गएर उनी साँझ विराटनगर फर्किएका थिए ।

प्रहरीका अनुसार राती स्थानीय होटलमा साथीभाइसँगै उनले मादक पदार्थ सेवन गरेका थिए । बिहान करिब ६ बजे उनी डेरा बस्दै आएको घरकै कम्पाउण्डभित्र शव फेला परेको हो । उनको दाहिने पाखुरामा धारिलो हतियारले काटेको जस्तो चोट भेटिएको छ । टाउको, अनुहार लगायत शरीरका बिभिन्न भागमा पनि चोट देखिएको छ ।

यसैबीच, डाक्टर यादवको हत्या भएको भन्दै उनका परिवारका सदस्य, आफन्त तथा समर्थकले शनिवार दिउँसो नोबेल अस्पताल अगाडि प्रदर्शन गरेका छन् । हत्यारालाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउँन माग गर्दै उनीहरुले टायर बालेर प्रदर्शन गरेका हुन् । ‘सत्यतथ्य छानविन गर, हत्यारालाई कारबाही गर’ लगायत नारा लागाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 304 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर महानगरमा रेनु दाहाल सात हजार मतले अगाडी