निफमा नो ग्राउण्ड बेनेअथ द फिट सर्वोत्कृष्ट

काठमाडौं । काठमाडौंको राष्ट्रिय सभागृह र नेपाल पयर्टन बोर्डको हलमा बिगत पाँच दिन देखि जारी पाँचौ नेपाल अन्तराष्ट्रि फिल्म महोत्सब (निफ २०२२) अवार्ड प्रदान गर्दै सोमबार बेलुकाबाट सकिएको छ ।

यस पटकको महोत्सबमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म (गौतम बुद्ध अवार्ड बँगलादेशको फिल्म नो ग्राउण्ड बेनेअथ द फिटले जितेको छ । मोहम्मद रब्बी मृद्धाले निर्देशन गरेको यो फिल्मले सगरमाथा अवार्डसँगै ट्रफी र १५ सय अमेरिकी डलर पनि जितेको छ ।

महानगरलाई तीन वटा अवार्ड

सोही महोत्सबमा राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मको अवार्ड नेपाली चलचित्र महानगर ( वान नाइट इन काठमाडौं) ले जितेको छ ।मोहन राई निर्देशित यो चलचित्रले ट्रफि र १ लाख रुपैयाँ प्राप्त गरेको छ ।

यस्तै अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट डकुमेन्ट्री (माउण्ट एभरेष्ट अवार्ड) आउट अफ थिन एयरले जितेको छ । ज्याक हेक्सटलद्धारा निर्देशित बेलायतको यो बृत्तचित्रले ट्रफी र १ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।

राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड बिशाल रोका मगर निर्देशित बृत्तचित्र गुर्खा लर्गले जितेको छ । यो बृत्तचित्रले ट्रफी र ५० हजार रुपैया पुरस्कार प्राप्त गरेको छ ।
यस्तै अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट एनिमेटेड फिल्म (मञ्जुश्री अवार्ड)को पुरस्कार एनिमेटेड फिल्म हार्ट अफ गोल्डले जितेको छ । फ्रान्सको यो चलचित्रलाई सिमोन फिलिओटले निर्देशन गरेका हुन् । यो फिल्मले ट्रफी र ५ सय अमेरिकी डलर प्राप्त गरेको छ ।

यस्तै अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट सर्ट फिल्मको अवार्ड सुडानको फिल्म अल सिटले हाँसिल गरेको छ । सुजन्नाह मिर्घानीद्धारा निर्देशित यो सर्ट फिल्मले ट्रफी र ५ सय अमेरिकी डलर प्राप्त गरेको छ ।

यस्तै राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट सर्ट फिल्मको अवार्ड लघू चलचित्र आइस क्रिमले हाँसिल गरेको छ । संगीता श्रेष्ठद्धारा निर्देशित यो चलचित्रले ट्रफि र नगद ५० हजार रुपैयाँ जितेको छ । यसै गरी राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट सर्ट फिल्म निर्देशकको अवार्ड फिल्म अशेस अफ युएसबाट निर्देशक वचन व्यन्जनकारले हाँसिल गरेका छन् ।

सोही महोत्सबमा राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म निर्देशकको अवार्ड फिल्म महानगरबाट मोहन राईले हाँसिल गरेका छन् । उनले ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् । उनको यो फिल्मले विभिन्न तीन विधामा अवार्ड जितेको छ । राष्ट्रिय प्रतिष्पर्धा तर्फ नै अन्तर्गत उत्कृष्ट फिचर फिल्म महिला कलाकारको अवार्ड फिल्म महानगरबाट अभिनेत्री मेनुका प्रधानले हाँसिल गरिन् । यस्तै राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म स्क्रिन प्लेको अवार्ड फिल्म महानगरबाटै मोहन राईले, उत्कृष्ट फिचर फिल्म छायाँकनको अवार्ड चलचित्र चिसोएष्ट्रेबाट उज्वल वास्ताकोटीले हाँसिल गरेका छन् । यो महोत्सबमा यसै गरी राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म पुरुष कलाकारको अवार्ड फिल्म चिसो एष्ट्रबाट अभिनेता दिब्य देवले हाँसिल गरेका छन् ।

अग्रज निर्देशक तुलसी घिमिरेको सँयोजकत्वमा गठित निर्णायक समितिले उत्कृष्ट फिल्महरुको चयन गरेको हो । नेपाली चलचित्रलाई अन्तराष्ट्रिय बजारमा पु¥याउनुका साथै देश बिदेशको चलचित्र संस्कृति आदन प्रदानको लागि बिगत आधा दर्शकदेखि यो महोत्सब आयोजना गर्दै आएको फेस्टिबल अध्यक्ष केपी पाठकले महोत्सब समापन समारोहमा बताए ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
२५ वर्षपछि बुटवलमा कम्युनिष्ट सत्ता ढल्यो