नेपालगञ्ज उपमहानगरमा मेयरका लागि दर्जन बढी आकांक्षी


नेपालगञ्ज । पश्चिम नेपालको व्यापारिक शहर नेपालगञ्ज उपमहानगरको प्रमुख पदका लागि विभिन्न राजनीतिक दलका दर्जन बढी आकंक्षी देखिएका छन् ।

नेतृत्वका लागि विभिन्न राजनीतिक दलका तर्फबाट विभिन्न व्यक्तिहरुले आ–आफ्नो उम्मेदवारी दाबी गरेका छन् । एमालेले यसपटक पार्टी केन्द्रीय सदस्य तथा पुराना व्यवसायी पशुपतिदयाल मिश्रलाई मेयरको उम्मेदवार बनाउने तय गरेको चर्चा छ । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालगञ्जको मेयर बनाउने सर्तमै गत मंसिर महिनामा पार्टी प्रवेश गराएका थिए ।

काँग्रेसबाट ८ जना, माओबादीबाट ३ जना एमाले, जनता समाजबादी, एकीकृत समाजबादीबाट एक–एकजना मेयरका दाबेदार


सत्तागठबन्धनबाट नेपाली काँग्रेसले मेयरमा उपमेयर उमा थापामगर, लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्रबहादुर हमाल, महासमिति सदस्य निरन्जनसिंह सिजापति, राजकुमार बर्मा, नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक डा.सुरेशकुमार कनोडिया, नगरसभापति प्रशान्त विष्ट, व्यापारिक पृष्ठभूमीका अच्युतप्रसाद प्रसाईं र ललितकुमार रौनियार मध्येबाट एकजनालाई उम्मेदवार बनाउने गरि तयारी अघि बढाएको काँग्रेस निकट स्रोतले जनाएको छ ।

माओवादी केन्द्रले नबिन शर्मा, व्यापारी नेता नन्दलाल बैश्य र आदेश अग्रवालको नाम चर्चामा ल्याएको छ । उसो त हालै दिवंगत व्यवसायी दामोदर आचार्यकी धर्म पत्नीलाई मेयरको उम्मेदवार बनाउने चर्चा पनि नचलेको होईन ।

जनता समाजबादी पार्टीबाट जिल्ला अध्यक्ष कमरुदिन राई पनि नेपालगञ्ज उपमहानगरको मेयरका लागि पार्टीबाट एक्ला प्रत्यासी हुन । अघिल्लो निर्वाचनमा उनी नेपालगञ्जको मेयरमा प्रतिष्पर्धा गर्दा पाँचौ स्थानमा थिए । उनले आफू मेयरको एकल उम्मेदवार भएको दावी गरेको बताए ।

राप्रपाबाट मेयर जितेका डा. धवल शम्शेर राणाले स्थानीय निर्वाचन नलड्ने घोषणा गरेको कारण पार्टीबाट मेयरमा यो नै उम्मेदवार बन्ने भन्ने यकिन गर्नु वा चर्चामा ल्याएको छैन । उसोत औषधि व्यवसायी अभयकुमार बस्नेत र हाल वडा न. ४ का वडा अध्यक्ष समेत रहेका सफिक बेहनाले मेयरको लागि आफ्नो दाबी रहेको बताएका छन् ।

एकीकृत समाजबादीबाट पूर्व उपमेयर रहेका भारत्तोलनका चर्चित खेलाडि समशुद्दिन सिद्दिकीको नाम अघि सारिएको छ । उनी २०७४ सालको स्थानीय निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार बनेर चौथो स्थान हासिल गरेका थिए ।

निर्वाचनको करिव ३७ दिन बाँकी रहदा नेपालगञ्जका चिया पसलमा समेत उम्मेदवारको चर्चा थालिएको छ । कुन दलको कुन उम्मेदवारले उम्मेदवारी पाए कति मतले जित्ने आँकलन समेत सर्वसाधारणले हुन थालेको छ ।

नेपालगञ्ज उपमहानगरको नेतृत्वको लागि आ–आफ्नो दाबी प्रस्तुत गरेको अवस्थामा सत्ता गठबन्धनको साझा उम्मेदवार बनाउने गरी केन्द्रमा कसरत गरिए पनि स्थानीय स्तरमा भने गठबन्धनको उम्मेदवारीमा चित्त बुझाउदा पार्टी भित्रै बिद्रोह हुने संभावनालाई नर्कान नसकिने अवस्था देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 330 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीका मेयरका प्रत्याशी हमालले मन्दिरमा पसेर भ्रष्टाचार नगर्ने कसम खाए (भिडियाेसहित)