सस्तोमा पानी खुवाउनेलाई भोट


रामेछाप । रामेछाप नगरपालिका वडा ७ र ८ का नागरिकले ‘सस्तोमा पानी खुवाउने’लाई भोट दिने बताएका छन् ।
रामेछाप सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले वितरण गर्दै आएको पानीको महसुल महंगो भएको भन्दै उनीहरूले ‘भोट चाहिए पानीको महसुल घटाउन’ आग्रहसमेत गरेका छन् ।

रामेछाप सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले वितरण गर्दै आएको खानेपानीको महसुल ‘धेरै महँगो’ भएको गुनासो उपभोक्ताको छ ।

उपभोक्ताका मर्काको ‘वास्ता नगरेकाले अब सस्तोमा पानी अनिमात्रै भोटको विकल्प खोजिएको’ स्थानीय राजन महतारा बताउँछन् । ‘पाँच सय लिटर पानी पनि आउँदैन, चर्को महसुलमात्र किन तिर्ने ?’ उनी भन्छन्, ‘हामी उपभोक्ता समितिले गरेको लापर्बाहीको मारमा परेका छौं ।’

महंगोमा पानी किनेर खान बाध्य भएको, धारामा पर्याप्त पानी नआएको, धारा तथा पाइप बिग्र“दासमेत समितिले प्राविधिक मर्मत गर्न नआएकोजस्ता गुनासा उपभोक्ताको छ । महिनाको ७ सय तिरेर खानेपानी उपभोग गर्दै आएका नागरिकले केही महिनायता ५ सयमा खानेपानी उपभोग गर्न पाए पनि ‘त्यो रकम पनि निकै महंगो भएको’ स्थानीथ तुलसा कार्की बताउँछिन् ।

सम्भवतः नेपालकै महंगो पानी पिउन आफूहरू बाध्य हुनुपरेको अर्का उपभोक्ता राजु विक्रम बस्नेत बताउँछन् । पानीको महसुल घटाउन स्थानीय सरकारले समेत चासो दिनुपर्ने उनको जोड छ ।

उपभोत्ता समिति अध्यक्ष गौतमकुमार श्रेष्ठ भने शुल्क खासै महंगो नभएको दाबी गर्छन् । ‘लिङ्खट प्रविधिमार्फत पानी तान्नुपर्ने भएकाले महंगो हुन गएको हो,’ उनी भन्छन्, ‘लिङ्खटमार्फत खोलाको पानी तान्दा बिजुलीको बिल धेरै चढ्ने भएकाले बाध्य भएर महसुल घटाउन सकिँदैन ।’

समितिले मासिक ७ सय महसुल दिँदै आएकोमा केही महिनायता दुई सय घटाएर पाँच सय पु-याइएको छ । समय समयमा बिग्रने सामान तथा मेसिन फेर्नसमेत ‘केही पैसा जोहो हरेर राख्नैपर्ने हुन्छ,’ श्रेष्ठ भन्छन्, ‘यदि, नगरपालिका र वडाले सबै खर्च बेहोर्छ भने हामी बिनामहसुल पानी दिन तयार छौं ।’

यता, रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापा मगर उपभोक्ता समितिले पानीको महसुल घटाउनुपर्ने बताउँछन् । ‘समितिले तत्काल घटाएर उपभोक्तालाई सहज बनाउनुपर्छ,’ उनले भने ।

रामेछाप सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले रामेछाप नगरपालिका ७ र ८ का नागरिकलाई पिउने पानी वितरण गर्दै आएको छ । रामेछापका अन्य स्थानका नागरिकसमेत लिङ्खट खानेपानीका कारण चर्को मूल्य तिर्न बाध्य छन् ।

तपाइको प्रतिक्रिया
(Visited 269 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’