कैलालीमा एक्लै चुनाव लड्न काँग्रेसलाई कार्यकर्ताको दबाब


नगढी । आउँदो ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा कैलालीमा काँग्रेसलाई एक्लै चुनाव लड्न कार्यकर्ताहरुले दबाब दिएका छन् । जिल्ला कार्यसमिति कैलालीको बैठकमा नेता तथा कार्यकर्ताहरुले जिल्ला नेतृत्वलाई एक्लै चुनाव लड्न दबाब दिएका हुन् ।

बैठकमा उनीहरुले चुनावमा गठबन्धन नगरेर एक्लै जानुपर्ने बताएका थिए । कैलाली काँग्रेसले यही चैत १३ गतेदेखि २० गतेसम्म घरदैलो अभियानअन्तर्गत खटाएका प्रतिनिधिहरूले वडामा छलफल गरी मंगलबार पार्टीलाई प्रतिवेदन समेत बुझाए । काँग्रेसले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूसँग लिखित तथा मौखिक सुझाव मागेको थियो । सुझाव दिने अधिकांशले गठबन्धन काँग्रेसको हितमा नरहेकोले एक्लै चुनावमा जानुपर्ने बताएका थिए ।

उमेदवारको आकांक्षी बन्न शुल्क तिर्नुपर्ने


बैठकमा ८३ जनाले आफ्नो सुझाव दिएका थिए । उनीहरूमध्ये अधिकांशले स्थानीय नेता कार्यकर्ताहरू पनि गठबन्धनको पक्षमा नरहेको बताएका थिए । महाधिवेशन प्रतिनिधि बलबहादुर विष्टले गठबन्धन भन्दा पनि आफ्नो आन्तरिक गठबन्धन मिलाउन आवश्यक रहेको बताउँदै ‘गठबन्धन गरेर निर्वाचनमा जाँदा दूरगामी प्रभाव पर्ने र एक्लै जित्छौं, गठबन्धन नगरौं भन्ने धारणा राखे ।

यस्तै किसान संघ कैलालीका अध्यक्ष टीकादत्त जेशीले पनि एक्लै जित्न सकिने अवस्थामा गठबन्धन नगर्न सुझाव दिएका थिए ।
अधिकांशले गठबन्धन नगर्न सुझाव दिएपनि जिल्ला कार्यसमितिले भने कैलालीमा गठबन्धन हुने जनाएको छ । कैलालीमा एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिका गरी १३ वटा स्थानीय तह रहेका छन् ।

उमेदवारको आकांक्षी बन्न शुल्क तिर्नुपर्ने

नेपाली कांग्रेस कैलालीले उमेदवार इच्छुक हुनेलाई पार्टीमा उमेदवारी दर्ता शुल्क तोकेको छ । उमेदवारको संख्या थेग्न नै नसक्ने भएकोले नियन्त्रण गर्न पार्टीबाट इच्छुक हुनेका लागि शुल्क तय गरेको बताइएको छ ।

वडा, पालिकाका उमेदवारको नामावली सिफारिसका लागि धेरै संख्या हुन लागेपछि यस्तो निर्णय गरेको नेपाली कांग्रेस कैलालीका सचिव केशवराज मिश्रले जानकारी दिए ।

वडा, पालिका र क्षेत्रले आफू खुसी उमेदवारी तोक्न थालेपछि जिल्लाले यस्तो निर्णय गरेको हो । सचिव मिश्रका अनुसार नगर प्रमुख पदका आकांक्षीले सात हजार तथा उपप्रमुखले पाँचहजार रुपैयाँ पार्टीलाई शुल्क तिनुपर्नेछ ।

त्यस्तै, गाउँपालिका अध्यक्षले पाँच हजार, उपाध्यक्षले तीन हजार, वडा अध्यक्षले एक हजार र वडा सदस्य पदका आकांक्षीले पाँच सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 276 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा निवासमा प्रचण्डलाई यो हदसम्मको बेवास्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा