मैथिल भाषाको विकासमा राज्य गम्भिर भएन : माधव नेपाल

जनकपुरधाम । जनकपुरधाम साहित्य कला तथा नाट्य महोत्सव आजदेखि शुरु भएको छ । मैथिली विकास कोषको आयोजनामा २५ गतेसम्म जनकपुरधामममा हुने सो महोत्सवमा नेपाल भारतका स्रष्ठाहरुको सहभागिता रहेको छ ।

महोत्सवको उद्घाटन गर्दे पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मैथिली भाषाको विकासमा राज्य गम्भीर नरहेको बताए । संघ र प्रदेश दुबै उदासिन रहेको चर्चा गर्दै उनले भने ‘भाषालाई समाप्त पारेर देशको विकास हुन सक्दैन ।’

समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मैथिली र भोजपुरीलाई प्रदेशको कामकाजी भाषाको रुपमा कार्य अगाडी बढाएको चर्चा गरे । प्रदेशको भाषाको विकासको लागि एक महिना भित्रै प्रज्ञा प्रतिष्ठान गठन गर्ने उनले जानकारी दिए ।

प्रत्येक दुई वर्ष यस प्रकारको महोत्सव जनकपुरधाममा हुँदै आएको छ । मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले महोत्सवमा मैथिली, नेपाली र मनीपुरी नाटकको पनि प्रदर्शन गरिने जानकारी दिए । विभिन्न समाजिक र सांस्कृतिक विषयमा विद्वानहरुसंग बहस गरिने जानकारी दिए ।

उदघाटन अघि जनकपुरधाममा शोभायात्रा निकालिएको थियो । सो शोभा यात्रामा मिथिलाको पहिचान सहितको झाँकी प्रदर्शन गरिएको छ । मिथिला चित्रकलाको कार्यशाला, बहुभाषिक नाटक, विमर्श, नेपाल भारतका रंगकर्मीहरुद्वारा सांस्कृतिक कार्यक्रम, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी, विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ ।

तीन दिनमा सत्तामा रमिएको विद्रोह, नेपाली साहित्यमा मिथिला–मधेश, भाषा, भाषिका र मैथिली, पर्यटन विकासको सांस्कृतिक आधार, मातृभाषामाथि नियन्त्रणको प्रयास, मैथिली साहित्यमा वैचारिक चैत, समाज परिवर्तनमा युवाको भूमिका, शुन्य सिनेमा, पश्चगामी रंगमञ्च जस्ता विषमा विमर्श गरिने छ । महोत्सवको माध्यमले नेपाली र मैथिली बीचको समान्जस्या बढाउनुका साथै मिथिलाका मुद्दाहरु उठाइने छ ।

तपाइको प्रतिक्रिया
(Visited 355 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीको गोदावरी नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी