सामुद्रिक पहुँचको कोसेढुंगा

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको चोभार सुख्खा बन्दरगाह औपचारिक सञ्चालनमा आएपछि अब सिधै सामुद्रिक बन्दरगाहसम्म नेपालको पहुँच बढ्ने भएको छ । यसले नेपालको आयात व्यापारमा कमल लगानी हुन जाँदा सामुद्रिक बन्दरगाहबाट नेपाल भिœयाइने मालवस्तुमा केही राहत हुने अपेक्षालाई सम्भाव्य बनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार वीरगन्जबाट डिजिटल लक लगाएर चोभार पठाएको मालबाहक कन्टेनर चोभारमा प्रवेश भएपछि सामुद्रिक बन्दरगाहबाट सिधै काठमाडौं मालवस्तु भित्र्याइने बाटो खुलेको छ । उद्घाटनका दिन पहिलोपटक वीरगन्ज नाका हुँदै काठमाडौंका लागि मालवस्तु बोकेर आएका तीनवटा कन्टेनर सुख्खा बन्दरगाह चोभार भित्रिएका हुन् । अबका दिनमा दुई छिमेकी देश भारत र चीनको समुद्रीबन्दरगाहबाट सिधै मालसामान बोकेर कन्टेनर काठमाडौं आउने औपचारिक बाटो खुलेको छ ।

यसका लागि पूरा गरिनुपर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी तथा व्यापारिक प्रक्रिया सबै पूरा गरिसकिएका छन् । नेपाल राष्ट्र बैंकले १५ चैतमा विदेशी विनियम कारोबार गर्न इजाजत पत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ लाई संशोधन गर्दै अन्तर्राष्ट्रिय व्यापारका लागि जारी हुने प्रतीतपत्रमा प्रचलित व्यवस्थाबमोजिम चोभारको सुक्खा बन्दरगाह भन्सार कार्यालय नाका हुनेगरी समेत गर्न सकिने व्यवस्था गरिसकेको छ । यसले भन्सार कार्यालयबाट पैठारी गर्नेगरी प्रतीतपत्र जारी भइसकेका मालवस्तुको समेत पैठारी कर्ताको माग भएमा प्रचलित व्यवस्थाबमोजिम चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयको नाममा भन्सारबिन्दु परिवर्तन गर्न सकिने व्यवस्था गरिसकेको छ । यसले चोभारको सुख्खा बन्दरगाह अब सञ्चालनमा ल्याउन कुनै पनि व्यापारिक झन्झटको अन्त्य गरिदिएको छ । सुख्खा बन्दरगाहको उद्घाटन गर्दा प्रम देउवाले व्यक्त गरेको ‘चोभार बन्दरगाह सञ्चालनले काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारको हब बनाउने’ आशयले पनि नेपाल अबका दिनमा सिधा अन्तर्राष्ट्रिय सामुद्रिक बन्दरगाहसँग जोडिने कुरामा जोड दिएको देखिन्छ । यसले नेपालको आयात तथा निर्यात व्यापारमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने अपेक्षा पनि गरिएको छ । यसले राजधानी सहरबाट हुने व्यापारलाई थप सहजीकरण गर्न, व्यापारको लागत घटाउन र वस्तु तथा सेवाको आयात निर्यातलाई व्यवस्थित गर्न÷गराउन थप प्रतिस्पर्धात्मक र प्रभावकारी बनाउने देखिएको छ ।

यसले नेपालको व्यापारलाई अन्तर्राष्ट्रिय व्यापारसँग बढी दिगो र सन्तुलित बनाउन सहयोग पनि पु¥याउने छ । सबैभन्दा ठूलो अपेक्षा त नेपालमा उत्पादन गरिएका कच्चा तथा तयारी मालसामान अन्तर्राष्ट्रिय सामुद्रिक बन्दरगाहमा सिधा पैठारी गर्नमा यसले ठूलो सहयोग पु¥याउने छ । सुख्खा बन्दरगाह खुलेपछि यसले दैनिक उपभोग्य सामान मात्र नभई अन्य सामानको मूल्यमा समेत केही राहतदिने देखिएको छ । विकास निर्माणका लागि आवश्यक सामान, मेसिनरी पार्टपुर्जालगायतका सामान पनि सुपथ मूल्यमा पाइने आशा र अपेक्षा गरिएको छ । नेपाल सरकारले यदि देशमा आन्तरिक उत्पादनमा किसानलाई सहुलियत ऋणको मात्र व्यवस्था गरिदिए पनि उत्पादित सामान पैठारीका लागि सहज बन्न गएको छ । सरकार, उद्योगी व्यवसायी, किसान तथा व्यापारीले सुख्खा बन्दरगाहमा पुगेर रित्तो हात थाप्ने काम मात्र गरेछन् भने यसले कुनै पनि सुधार वा परिवर्तन ल्याउने छैन, बरु कंगाली करणलाई अरू थप बढाएर लैजाने छ । यसबाट सतर्क रहँदै विदेशी बन्दरगाहबाट भरिभराउ भई चोभार सुख्खा बन्दरगाहमा आएका कन्टेनर फर्किँदा रित्तै होइन, नेपालमा उत्पादित सामान राखेर भरिभराउ अवस्थामा नै सामुद्रिक बन्दरगाहमा पु-याउन सक्नुपर्छ । त्यसो भएमा मात्र चोभारको सुख्खा बन्दरगाह नेपालको राजधानी सहर काठमाडौंबाट सञ्चालित सदाबहार बन्दरगाह बन्न जानेछ । यस अर्थमा यो कोसेढुंगा साबित हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 251 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
संसद विघटन गर्ने ओलीलाई किन भोट दिने : देउवा