अवैध हतियार सहित तीन जना पक्राउ


वीरगन्ज । सशस्त्र प्रहरीले सीमा नजिकैबाट लङ्ग रेन्जको हतियार र त्यसमा लाग्ने गोली सहित तीन जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चढी पर्साको सबैठवाबाट पर्सागढी तर्फ जाँदै गरेका तीन जनालाई विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ नहर चोकबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष ४१ को प्रेम ठाकुर, सोही ठाउँ बस्ने बर्ष ५५ का रामजी ठाकुर र १६ बर्षको राहुल ठाकुर रहेको सशस्त्र प्रहरी बल गण नम्बर १३ ले जनाएको छ । ना ५७ प ३६२८ नम्बरको अपाची टिभिएस मोटरसाइकलमा सवार उनीहरुलाई नियन्त्रणमा लिएको १३ नम्बर गणका सशस्त्र प्रहरी नायव उपरिक्षक निर्मल थापाले बताए ।

मोटरसाइकलमा नै गस्तीमा निस्केका ४ जनाको गस्ती टोलीले चेक जाँच गर्ने क्रममा नाइन सिक्स सिक्स वान डी अब्लिक बी वाई २००२ नम्बरको सुपर क्यालिटी लङ रेन्ज दुई नाले बन्दुक र त्यसका प्रयोग हुने कार्टिज १ थान फेला परेको उनको भनाइ छ । अवैध रुपको हतियार र त्यसमा लाग्ने कार्टिज पनि एक थान फेला परेपछि अभियुक्तहरुलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

अभियुक्तहरुलाई थप कार्वाही र अनुसन्धानको लागि बिहिबार नै जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायव उपरिक्षक थापाले बताए । निर्वाचन घोषणा भई वैध हतियार समेत नियामक निकायमा जम्मा गर्नु पर्ने समयमा ठूला हतियार सहित निर्वाध मानिसहरु हिडडुल गरेको घटनालाई सशस्त्र प्रहरीले गम्भिर रुपले लिएको सशस्त्र प्रहरीको १३ नम्बर गणले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 235 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धुर्कोट –१ मा एमाले–माओवादीको प्यानल नै विजयी