प्रतिशोधको विकृत मनोविज्ञान

उदयपुरको बेलका नगरपालिका–३ बुद्ध चोककी १६ वर्षीया कविता सुनुवारको हत्या उनकै सहपाठीले गरेको खुलासा भएपछि समाजमा बदला भावको विकृत मनोविज्ञान कुन तहसम्म नकारात्मक रूपमा बढ्दै गइरहेको छ भन्ने कुरा उजागर हुन पुगेको छ । आफन्त, साथीभाइ तथा स्वजन र सहपाठीका भर होला भन्दा पनि डर हुने स्थिति पैदा गराएको छ यसले । एकाबिहानै घरबाट निस्केर ट्युसन पढ्न गएकी किशोरीको हत्या उनकै सहपाठीले गर्लान् भन्ने कुरा कल्पना नै गर्न सकिँदैन । तर, उनको हत्यापछिको अनुसन्धानले यो अकल्पनीय कुरालाई विडम्बनापूर्ण यथार्थमा परिणत गरिदियो । उनका दुई जना सहपाठीले उनीमाथि बियरको बोत्तल प्रहार गरी हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरिसकेका छन् । एउटै कक्षामा पढ्ने त्यसमा पनि मिलनसार साथी, शंका गरिहाल्नुपर्ने ठाउँ नै नरहेको, तर उनै साथीबाट उनको इहलीला समाप्त पारियो । त्यसमा पनि निकै बर्बरतापूर्ण तरिकाले, बियरको बोत्तलले हिर्काएर, घाइते बनाई, घिसार्दै लगेर फेरि ढुंगा प्रहार गरी शव लुकाइएको अवस्थामा फेला प¥यो । फिल्मी शैलीको यो हत्याकाण्ड किशोर–किशोरीद्वारा घटाइयो ।

ती किशोरी भाभावेशमा आएर, झगडा गरी, अप्ठ्यारो ठाउँमा मार परेर वा एक्कासी दुर्घटनामा परेर मारिएकी होइनन् । बरु तिनै ‘टिनेजर’ युवा साथीको योजनामा मारिएकी हुन् । उनको हत्या गर्ने योजना उनीहरूले केही दिन पहिलेबाटै बनाइरहेका थिए । यो सामान्यतः सिंगो समाज नै भयभित गराउने घटना हो । बहाना वा आरोप यत्ति मात्र छ कि मृत किशोरीले हत्या आरोपीलाई ‘ससाना कुरामा चिढ्याउने, होच्याउने र खिसिटिउरी गर्ने’ गरेकी थिइन् । यो कुरा ती ‘टिनेजर’का लागि धेरै ठूलो कुरा बन्यो । यो उमेर अवस्था निकै संवेदनशील र बढी तरंगित तथा उत्तेजित हुने अवस्था पनि हो त्यसैले पनि यो घटना निकै दुःखद र विचारणीय छ । पहिलो सहपाठीबीच स–साना अन्तरविरोधका कारणले, दोस्रो, उनीहरूले लिएका योजनाबद्ध हत्याका कारणले, तेस्रो त्यस्तो काम गर्न वदलताको मानसिकता निर्माण गर्न नकारात्मक रूपमा प्रेरित गरिरहेको सामाजिक वातावरणका कारणले र चौथो, शिक्षक तथा अभिभावकको पहुँचभन्दा बाहिर रहेका कारणले यो निकै सोचनीय बन्न गएको छ ।

प्रतिशोधपूर्ण नकारात्मक वातावरण निर्माणमा राजनीतिक दल र तिनका नेताको अभिव्यक्ति र क्रियाकलाप निकै जिम्मेवार छ । उनीहरू संयमित छैनन् । बदला भावले ओतप्रोत छन् । एकअर्कालाई तल्लो स्तरमा झरेर गालीगलौज र अपशब्द प्रयोग गर्ने गरिरहेका छन् । समाजमा अगुवा भनिने यी नेताको बदलाभाव प्रेरित दुर्वचनले किशोर–किशोरीमा नराम्रो प्रभाव पारिरहेको छ । इष्र्यालु बनाएको छ समाज । ‘देखेस र पखेस्’को वातावरण निर्माण गरेको छ । अर्कोतिर देखासिकीको वातावरण यति हदसम्म चुलिएको छ कि सामाजिक मर्यादा र सीमा पार भएका छन् । अनियन्त्रित रूपमा सामाजिक सञ्जाल, इन्टरनेटको पहुँच छ । अभिभावक र अभिभावकत्वबाट टाढा छ । शिक्षालयमा गुरुहरूबाटै अश्लील हर्कत हुने गरिरहेको छ । घरमा आफन्त र नातेदारबाटै यौनजन्य हिंसा हुने गरेको छ । समाजमा नीति र नैतिकता गायब हुँदै गएको छ । यसले देखासिकी, फट्याइँ र प्रतिशोधको मनोविज्ञान निर्माणमा सहयोग गरिरहेको छ । त्यसैले नेतादेखि सर्वसाधरणसम्म प्रतिशोधको मनोविज्ञान निर्माण गर्ने÷गराउने क्रियाकलाप र अभिव्यक्ति दिनबाट समयमै सतर्क हुनु जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार