देस परिवर्तन गर्न भन्दै युद्ध लडेका जिम्बा आफैं परिवर्तन भए

रौतहट । नेकपा माओबादीले सुरु गरेको १० बर्षे शसस्त्र युद्धमा सहभागी हुँदा गोपाल जिम्बाले सोचेका थिए । अब यहि युद्धले देस परिवर्तन हुन्छ । सबै जनताले वरावरी अधिकार पाउछन् ।

युद्ध सकियो । उनले सोचे जस्तो परिवर्तन भएन र आफै परिवर्तन भए । भुमिगत समयमा नै बिभिन्न जिम्मेबारी सम्हालिसकेका चन्द्रपुर नगरपालिका वाड नं. २ हिलेखोला निवासी गोपाल जिम्बा शुक्रबार बिधिबत रुपमा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

‘देश बनाउने अभियानमा १० बर्ष शसस्त्र युद्ध लडियो तर अहिले आएर युद्ध नलडेकाहरुको पार्टीमा हालीमुहाली भएको देख्दा दिक्क लाग्यो ।’ जिम्बाले भने । अब देश बनाउने अभियान नेकपा एमालेमा मात्रै देखेकाले एमाले प्रवेश गरेको जिम्बाको भनाई छ । माओबादीले जुन उदेश्य बोकेर जनयुद्ध गरेको थियो त्यो उदेश्य बिर्सिसकेको समेत उनको दाबी छ ।

जनयुद्धकालमा जुडिबेला तथा चन्द्रनिगाहपुरको जन सरकार प्रमुखको समेत जिम्मेबारी पुरा गरेका जिम्बाले अब देशमा एमालेको कुनै बिकल्प नदेखेको पनि बताए । उनी जुडिबेला तत्कालीन उच्च माबिका संस्थापक अध्यक्ष,महादेब स्थान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगायतको भुमिका निर्वाह गरिसकेका छन् ।

नेकपा माओबादीको जिल्ला सदस्य समेत भइसकेका जिम्बा लगायत ५० जना बढी हिलेखोला टोलका नागरिक नेकपा एमालेमा प्रवेश गरेका छन् । हिलेखोला कुण्डडाँडा खरियण टोलमा नेकपा एमालेद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा ५० जना बढी एमालेमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य उद्धब रेग्मीले अबको निर्वाचनमा एमालेको जित सुनिश्चित भएको बताए । कार्यक्रममा मधेश प्रदेश कमिटिका उप सचिव आरती भण्डारी, जिल्ला कमिटिका सचिव बाल बिक्रम कार्की र नगर कमिटिका अध्यक्ष शिव आचार्य लगायतको सहभागिता रहेको थियो ।सोहि अवसरमा भीम भक्त स्याङतानको अध्यक्षता मा २१ सदस्य नेकपा एमाले हिलेखोला टोल कमिटि समेत गठन गरेको नेकपा एमाले चन्द्रपुर नगरपालिका वाड नं. २ का वाड कमिटि अध्यक्ष शम्भु खडकाले जानकारी दिए ।

यता नेपाली काँग्रेसबाट रौतहटको राजपुर नगरपालिकाको मेयरमा निर्वाचित शेख सकिलले बिधिबत रुपमा शुक्रबारबाट पार्टी छाडेका छन् । उनी काँग्रेस छाडेर नेकपा एमालेमा प्रवेश गरेका हुन् मेयर सकिललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ओली निवास बालकोटमा टीका र माला लगाई एमाले प्रवेश गराएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 480 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एक्लै चुनाव लड्न काँग्रेसलाई कार्यकर्ताको दबाब