काठमाडौं । संघीय राजधानी काठमाडौंमा नेपाल–भारत वर्ल्ड डेवलपमेन्ट फोरमको केन्द्रीय कार्यालय विधिवत्रुपमा एक समारोहका बीच उद्घाटन भएको छ ।
काठमाडौंको जडिबुटीमा शुक्रबार आयोजित एक विशेष समारोहका बीच मुख्य अतिथि एव. नेपाल–भारत वर्ल्ड डेवलपमेन्ट फोरमका अन्तर्राष्ट्रिय संरक्षक वेदप्रकाश गुप्ता र भारतीय राजदूतावासका सतेन्द्र दहियाले संयुक्तरुपमा उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि गुप्ताले नेपाल र भारतबीचको अलौकिक र सदियौंदेखिको सम्बन्धका ’bout चर्चा गरेका थिए । उनले नेपाल र भारत मिलेर विश्वमा शान्ति, विकास र मानव कल्याणको सन्देश दिन सफल हुने जिकिर गरेका थिए ।
यस्तै, विशिष्ट अतिथि दहियाले नेपाल–भारत वर्ल्ड डेवलपमेन्ट फोरम आफ्नो उद्देश्यअनुसार काम गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।
‘विश्व शान्ति, विश्व विकास, विश्व मानव कल्याण’ र ‘नेपाल–भारत मिलकर चलें विश्व सारा आगे बढें’ मूल उद्देश्यका स्थापना यो वर्ल्ड डेवलपमेन्ट फोरमको स्थापना भएको केन्द्रीय अध्यक्ष मधुरेन्द्र चौधरीले बताए ।
वर्ल्ड डेवलपमेन्ट फोरमको केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रममा संस्थाका विभिन्न प्रस्तावित सदस्यहरुसहित विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
नेपाल–भारत वर्ल्ड डेवलपमेन्ट फोरमको औपचारिक घोषणा भोलि शनिबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको कार्यालयमा हुन गइरहेको छ ।