विद्यालयको कोठाभित्र परीक्षा, बाहिर बिहेको भोज !

ज्नकपुरधाम । यो तस्वीरमा भोज खाइरहेको देख्न सकिन्छ । विद्यालयको प्राङ्गणमा भोज चलिरहेकै बेला विद्यार्थीहरु परीक्षा दिइरहेका थिए । वार्षिक परिक्षा सञ्चालन भइरहेको समयमा महोत्तरीको औरही नगरपालिकाका एक विद्यालयको प्राङ्गणमा सर्वसधारणले भोज खाएका छन् ।

शुक्रबार दिउँसो औरही नगरपालिका ८ मा रहेको सोनामाई आधारभुत विद्यालय टिम्कियाका कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुले कक्षाकोठाभित्र पहिलो दिनको परिक्षा दिइरहेको समयमा बाहिर विद्यालयको चौरमा बिहेको भोजको आयोजना गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाराम यादवले आफनो छोराको बिहे भोज गरेर विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको स्थानीयहरु आरोप लगाएका छन् ।

स्थानीय रामआश्रय यादवले भने पावरको दूरुपयोग भएको छ । उनले वार्षिक परिक्षा सञ्चालन भइरहेको समयमा विद्यालयमा भोज भतेर गरेकोप्रति आपति जनाएका छन् । भोज चलिरहेको बेला विद्यार्थीहरु पनि भोज खान दबाब दिइरहेका थिए, ’emलाई धेरै मुस्किलले सम्हालेको एक शिक्षकले बताए ।

वडामा सार्वजनिक धर्मशाला वा दलानको अभाव भएकोले विद्यालयमा भोजभात गर्नु परेको बाध्यता रहेको विद्यालय द्ययवस्थापन समितिका अध्यक्ष यादवले स्वीकार गरे ।

स्थानीय पत्रकार धर्मेन्द्रकुमार यादवले आफुले यसको विरोध गर्दा व्यवस्थापन समितिले आफनो घरमा कुरा लगाएको बताउँदै गलतलाई गलत भन्दा दबाब झेल्नु परेको उल्लेख गरे । यससम्बन्धमा औरही नगरपालिकाका शिक्षा समिति संयोजक धनबहादुर राईले आफुहरुलाई पनि यस सम्बन्धी जानकारी भएपछि तत्कालै हटाउन लगाएको बताए । उनले विद्यालयका प्रधानाध्यापक सरिता कुमारी यादवलाई विद्यालयमा कक्षा सञ्चालन भइरहेको वा परीक्षा चलिरहेको समयमा यस्ता गतिविधि नगर्न र नगराउन निर्देशन दिइसकेको बताए ।

यस सम्बन्धमा जानकारी आउने वितिकै आफुले सो विद्यालयका प्रधानाध्यापक सरिता कुमारी यादवसँग लिखित रुपमा स्पष्टीकरण माग गरेको औरही नगरपालिकाका शिक्षा शाखा संयोजक राईले बताए । बर्षाले गर्दा सडक अवरुद्ध भएकोले आइतबारसम्म चित्त बुझ्दो जवाफ प्रधानाध्यापक यादवले स्पष्टीकरण पेश नगरे कानुनअनुसार कारवाही प्रक्रिया अगाडि बढाइने संयोजक राईले बताए ।

यस सम्बन्धमा जिल्ला समन्वय ईकाई कार्यालय महोत्तरीका प्रमुख शत्रुध्न प्रसाद यादवले विद्यालयभित्र परिक्षा संचालन भइरहेको समयमा वाहिर स्थानीयहरुले भोजभतेर गरेर विद्यार्थीको भविष्य उपर नै खेलवाड गरेको आरोप लगाएका छन् । समुदायको सम्पति भएकोले यसलाई संरक्षित गर्नका लागि स्थानीयले नै उचित भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतामाथि प्रमुख यादवको भनाई रहेको छ ।

विद्यालयले कुन रुपमा अनुमति दिएको हो यस सम्बन्धमा आफुले बुझने प्रयासमा रहेको प्रमुख यादवले प्रतिक्रिया दिएका हुन् । तर यो पहिलो विद्यालय छैन यस्ता भोज भतेर विद्यालयमै गर्ने परम्परा जस्तो रहेको स्थानीयहरु बताउँछन् ।

सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न चैत ५ गतेभित्र परिक्षा सक्न दिएको निर्देशन अनुसार महोत्तरीमा शुक्रबारबाट परिक्षा शुरु भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रधानमन्त्री देउवाले गरे मतदान