लमजुङबासीलाई नचाए पशुपति र विमाले

लमजुङ । गायक पशुपति शर्मा र गायिका विमा दुराले नयाँ वर्ष नजिकिँदै गर्दाको अबसर पारेर आफ्ना गीतबाट लमजुङबासीलाई नचाएका छन् । जिल्ला सदरमुकाम बेसीशहरमा चलिरहेको प्रदेशस्तरीय सातौं लमजुङ महोत्सवको मञ्चबाट उनीहरूले लमजुङबासीलाई नचाएका हुन् ।

पशुपती शर्माले चिन्ता छैन केई ….. ’, लुट्न सके लुट कान्छा … , मेरो माया दर्शकहरू धेरैलाई नचाएका थिए । उनले प्रस्तुत गरेको बसेको ठाउँमा …. ’, जे गर्न नि गाह्रो छ … ’, छिनछिन बज्ने चुरा … ’, सारङ्गी ¥याई ¥याई .. ’, स्याङ्जा जानी बाटैमा तनहूँ … ’ जस्ता गीतमा पनि दर्शक रमाए । समसामयिक विषय र जनजीवनका भोगाईलाई टपक्क टिपेर गीतमा प्रस्तुत गर्ने पशुपतिले कार्यक्रममा केही मार्मिक गीतहरु पनि प्रस्तुत गरे ।

कार्यक्रममा भजन समेत गाएर उनले दर्शकहरुलाई चनाउने काम गरे ।

सोही कार्यक्रममा अग्रज लोकगायिका बिमाकुमारी दुराले पनि आफ्ना गीतबाट दर्शकहरू मन्त्रमुग्ध तुल्याईन् । उनले सिरर हावा चल्यो लाकुरीको बोट …’, सम्झी फर्क साइलो दाइ … ’, निष्ठुरीले सम्झ्यो टाढाको, म त हुँ लमजुङ दुराडाँडा…जस्ता गीत गाउँदा दर्शकहरुले उनलाई तालीले साथ दिए । लमजुङकी चेली यी गायिकाका केही गीत त दर्शकले ‘वान्स मोर’ भन्दै दोहो¥याएर गाउन समेत आग्रह गरे ।

यसै गरी नवज्योति कलाकेन्द्रका कलाकारहरूले महोत्सबमा विभिन्न नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिए । उनीहरुले प्रस्तुत गरेको उक्त नृत्यको सो कलाकेन्द्रका निर्देशक ध्वज गुरुङले निर्देशन गरेका थिए ।

सो महोत्सबमा यसअघि, लमजुङकै अर्की चेली विष्णु गुरुङले आफ्नो चर्चित गीत सल्ला धुपैले …, रानी मयुर…, काठको ढोका काठैको झ्याल … ’ लगायतका गीत गाएकी थिइन् । नयाँ वर्षको अबसर पारेर आयोजना गरिएको यो महोत्सबमा अन्य प्रस्तुति पनि हेर्न पाईने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 300 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगञ्जमा मत गणना सुरू