काठमाडौं । मानसिक रुपमा ग्रस्त मानिसहरुले गर्ने व्यबहारमाथि चलचित्र ‘षटकोण’ निर्माण भएको छ । यो चलचित्रलाई मिलन डि काप्रीले निर्देशन गरेका हुन् । षट्कोणको ट्रेलर बुधबार सार्वजनिक गरिएको छ । साइकोलोजिक थ्रिलर जनरमा निर्माण गरिएको यो सिनेमाको ट्रेलरले दर्शकमा कौतुहलता जगाउनका साथै अन्य सिनेमाभन्दा फरक देखिन्छ ।
ट्रेलरमा अभिेनता कर्मा एक हत्याको खोजीमा लागेको पत्रकारको भुमिकामा दखिएका छन् । सिनेमा टिजर र ट्रेलर भन्दा निकै राम्रो बनेकाले दर्शकले मन पराउनेमा भनाई निर्देशक मिलनको छ ।
सिनेमामा कर्मा र भोलाराज सापकोटाका अलवा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् ।
कोरोना महामारी अगाडी नै निर्माण भएको यो सिनेमाको सम्पुर्ण काम सकेर प्रदर्शनको पालो कुरेर बसेको थियो । अहिले समय उत्तम लागेकाले रिलिजको लागि तयार भएको निर्माण पक्षको भनाई छ । क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा आगामी २३ बैशाखबाट मुलुकका सिनेमा हलमा रिलिज हुनेछ ।
सिनेमामा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ । क्लेमेन्टाइन प्रोडक्सनको युट्युब च्यानलबाट टिजर रिलिज गरिएको सिनेमालाई वितरण जिम्मा आरआर फिल्मस्ले लिएको छ ।