ए मेरो हजुर ४ नयाँ वर्षबाट देशव्यापी

काठमाडौं । अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ४’को बुधबार बेलुका काठमाडौंको कमलपोखरी स्थित बिग मूभिजमा प्रिमियर शो गरिएको छ । प्रदर्शनको पूर्व सन्धयामा यो चलचित्रको प्रिमियर शो गरिएको हो ।

अभिनेत्री झरना थापाले निर्देशन गरेको यो चलचित्रमा अन्तरजातीय प्रेम कथा प्रस्तुत गरिएको छ । प्रिमियर शोमा सहभागी सिनेकर्मी, तथा सञ्चारकर्मीले यो चलचित्र हेरेपछि सकरात्मक प्रतिक्रिया दिए ।

ए मेरो हजुरका तीन वटा सृँखला सफल भएपछि ए मेरो हजुर ४ निर्माण गरिएको निर्देशक झरना थापाले बताईन् । यो चलचित्र नयाँ वर्षको अबसर पारेर बिहिबारबाट देशव्यापी रिलिज हुँदैछ । यस अघि नयाँ वर्षका लागि यो मात्र चलचित्र रिलिज गरिने भएको थियो । तर शुक्रबारबाटै दक्षिण भारतीय कन्नड सिनेमा ‘के जी एफ च्याप्टर २’ पनि नेपालका सिनेमा हलमा रिलिज गरिएको छ । यसरी के जी एफ च्याप्टर २ रिलिज गरिएपछि ए मेरो हजुर ४ को व्यापारमा प्रभाव परेको छ । हलमा अग्रिम बुकिङ के जी एफ २ को बढी देखिएको छ ।

कोरोनापछि सुस्ताएको नेपाली सिनेमाको बजारलाई केही हदसम्म भए पनि ए मेरो हजुर ४ ले तताउने भनाई यो चलचित्रका निर्माता सुनिल कुमार थापाको छ । बिदेशी सिनेमालाई महत्व दिँदै जाँदा नेपालमा नेपाली चलचित्रको अस्तित्व धरासायी हुने भएकाले के जी एफ च्याप्टर २ सँग ए मेरो हजुर ४ रिलिज गरिएको थापाले बताए ।

अभिनेता अनमोल केसीले प्रिमियर शोमा बोल्दै आफुहरुले राम्रो काम गरेका कारण ए मेरो हजुर ४ लाई दर्शकले मन पराउने बताए,‘हामीले राम्रो काम गरेका छौं । हाम्रो चलचित्रले दर्शकको मन जित्ने कुरामा दुई मत छैन ।’ अनमोलले प्रिमियर शोको क्रममा बताए ।

यो चलचित्रमा अनमोल र सुहाना थापासँगै सलोन बस्नेत, रबी गिरीसहितका कलाकारको मुख्य भूमिका रहेको छ । यो चलचित्र १ बैशाखबाट मुलुकका एक सय भन्दा बढी सिनेमा हलमा रिलिज हुने पनि निर्देशक झरना थापाले बताएकी छिन् । फिल्मलाई गोविन्द शाहीले वितरण गरेका हुन् । जसमा सँजय लामाको छायाँकन रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 661 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धनुषामा एक महिलाको शब खेतमा, टाउको खोलामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं मेयरमा सिर्जना सिंहको नाम सहमतिनजिक