आगामी निर्वाचनबाट एमाले देशकै ठुलो पार्टी बन्छ : प्रभु साह

रौतहट । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभु साहले आगामी स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारलाई बिजयी गराउँने अभियानमा जुटन निर्देशन दिएका छन् ।

एमाले रौतहट जिल्ला कमिटीको आज गरुडामा भएको बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य साहले स्थानीय तहको निर्वाचन मार्फत पहिलो पार्टी बनाउँने अभियानमा जुटन निर्देशन दिएका छन् ।

‘एमालेले आसन्न स्थानीय तहको निर्वाचन मार्फत पहिलो पार्टी बन्दै आफ्नो श्रेष्ठता हासिल गर्नुपर्ने मुल अभिभारलाई सबै जिम्मेवार कमरेडहरु एकताबद्ध भएर कर्तव्यवोधका साथ अगाडि बढ्नुपर्ने आवश्यक छ’ साहले भने ।

रौतहट जिल्ला सहित मधेस प्रदेश एवं देशकै पहिलो र ठुलो पार्टी एमाले हुने विश्वास व्यक्त गर्दै उनले सोही अनुसार जनताका बीचमा जानुपर्ने आवश्यक रहेको बताए । बिभिन्न पार्टीका साथै जननिर्वाचित प्रतिनिधिहरु एमालेमा प्रवेश गर्ने लहर चलेको बताउदै उनले ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमार्फत देशकै ठुलो पार्टी एमाले बन्ने निश्चित रहेको दावी गरेका छन् ।

‘एमाले अगाडी यो पाँच दलीय गठबन्धन टिक्दैन्, उनीहरु चुनावी तालमेल गर्ने भन्छन् तर आफैभित्र लडिरहेका छन् । एमालेमा बिभिन्न पार्टीका साथै जननिर्वाचित प्रतिनिधिहरु ठुलो संख्यामा देशैभरीबाट प्रवेश गरिरहनुभएको छ । आगामी निर्वाचन मार्फत एमाले सबैभन्दा ठुलो पार्टी हुने निश्चित छ, तपाईहरु पनि सोही अनुसार आगाडी बढनुपर्ने हुन्छ’ साहले भने ।

जिल्ला कमिटीको बैठकमा मनोनित सदस्यहरुले सपथ ग्रहण गर्नुका साथै कार्यविभाजन एवं आगामी चुनावी विशेष कार्ययोजना सहित सम्पन्न भएको जिल्ला अध्यक्ष त्रिभुवन साहले बताए । रौतहटको हरेक पालिका एवं वडा स्तरमा एमाले जोडतोडका साथ चुनावी अभियानमा जुटिसकेको जिल्ला अध्यक्ष साहले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 296 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयर उम्मेदवारको चुनावी प्रतिबद्धता : युवाकेन्द्रित कार्यक्रम ल्याउँछौं