माधव नेपालले ‘टार्गेट’ गरेको इटहरीमा मेयर नछाड्ने कांग्रेसको चेतावनी


इटहरी । नेकपा एमाले पार्टी फुटेपछि निर्माण भएको नेकपा एकीकृत समाजवादी पार्टीले इटहरीमा आफूहरूले नेतृत्व लिनुपर्ने दाबी गर्दै आएको छ । नेकपा एस पार्टी गठन भइसकेपछि पार्टी अध्यक्ष समेत रहेका माधवकुमार नेपाल विभिन्न बहानामा सातपटकसम्म इटहरी आएका छन् । कहिले वर्तमान मेयर द्वारिकलाल चौधरीको निवासमा खानपिनमा होस् वा चतरा धामको भ्रमणमा होस् । उनी इटहरीलाई ‘टार्गेट’ बनाएर पूर्व आउने गरेका छन् ।

यसैबीच आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीले इटहरीसहित तनि उपमहानगरपालिका र एक महानगरपालिका दाबी गर्दै आएको छ । एसले इटहरी, हेटौँडा र बुटवल वा तुलसीपुरमध्ये एक उपमहानगर र पोखरा महानगरपालिकामा आफूहरूको नेतृत्व हुनुपर्ने दाबी गर्दै आएको छ । तर, इटहरी कांग्रेसले भने यस विषयमा असन्तुष्टि जनाएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका इटहरी निवासी राजीव ढुंगानाले आवश्यकता अनुसार ठाउँठाउँमा गठबन्धन हुने भनिएपनि इटहरीमा कांग्रेसले नै दाबी गर्ने बताए । उनले राजधानीसँग भने, ‘आवश्यकता अनुसार ठाउँठाउँमा गठबन्धन हुन्छ, तर यसो भन्दैमा इटहरीमा कांग्रेसले नेतृत्व छोड्छ भन्ने होइन, इटहरीमा कांग्रेसकै दाबी रहन्छ ।’ उनका अनुसार इटहरीमा हाल देखिएका आकांक्षीमध्ये जो कोहीले भएपनि कांग्रेसको तर्फबाट मेयरका दाबी गर्नेछन् ।

यता, नगरसभापति हेमकर्ण पौडेलले गठबन्धनको कुरा उठिरहेको बेला इटहरीमा भने कांग्रेसकै नेतृत्वमा चुनाव हुने दाबी गरे । पछिल्लो समय सामाजिक सञ्जाल र विभिन्न मिडियामा प्रकाशित नेकपा एकीकृत समाजवादी पार्टी (एस) ले मेयर र कांग्रेसले उपमेयर पाउने भन्ने समाचार’bout सत्यता नरहेको उनको दाबी छ । ‘अहिले गठबन्धनको कुरा उठिरहेको बेला हामीले कांग्रेसकै नेतृत्वमा इटहरीमा चुनाव गर्नेगरी तयारी गरिरहेका छौं,’ उनले राजधानीसँग भने, ‘गठबन्धनको कुरा त छदैछ तर इटहरीमा कांग्रेसकै नेतृत्वमा चुनाव हुन्छ ।’
यता, नेपाली कांग्रेस इटहरीका नेता धनबहादुर पुरीले इटहरीको नेतृत्व नपाएको अवस्थामा बिद्रोह हुने संकेत दिए । उनले भने, ‘यदि कांग्रेसले नेतृत्व नपाएको अवस्थामा इटहरीमा बिद्रोह हुन्छ, मसहित धेरैजना बागी उमेद्वार हुन्छन् ।’ उनले आफूहरूले बर्षौअघिदेखि गरेको मिहिनेत अन्य पार्टीलाई सहज रूपमा स्वीकार गर्न नसकिने तर्क राख्दै भने, ‘हामी एक्लै पनि चुनावमा जान तयार छौँ, तर गठबन्धनको नाममा इटहरीमा अन्य पार्टीलाई स्वीकार गर्न सकिन्न ।’

इटहरीमा कांग्रेसबाट नगरसभापति हेमकर्ण पौडेल, अघिल्लो पटक मेयरमा पराजित रोहित प्रसाईँ, केन्द्रीय सदस्य कल्पना चौधरी, उद्योग बाणिज्य संघका इटहरी अध्यक्ष समेत रहेका भीमबहादुर पौडेल र महाधिवेशन प्रतिनिधि रहेका विकास केसी बलियो आकांक्षीका रूपमा उभिएका छन् ।

०७४ को चुनावमा ७० हजार मतदाता रहेको इटहरीमा अहिले एक लाख ४ हजार मतदाता छन् । यसपटक राप्रपा र एमाले सँगै हुँदा उसको थप तीन हजार मत समिश्रण हुनसक्ने सम्भावना छ भने एमालेको मत नेकपा (एस) का रुपमा बाँडिए गठबन्धनलाई नै फाइदा हुने नेताहरूको विश्लेषण छ । नेकपा एसले इटहरीमा केशव विष्टलाई अगाडि सार्नेगरी तयारी गरेको छ ।

अघिल्लो चुनावमा एमालेले २२ हजार ६ सय ८९ मत ल्याउँदा कांग्रेसले १९ हजार ९ सय ८५ र राप्रपाले ३ हजार ७ सय १५ र माओवादीले ३ हजार ३ सय ६४ मत प्राप्त गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 432 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीको गोदावरी नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी