भारत र दक्षिण अफ्रिकाबीचको म्याच रद्द

नयाँ दिल्ली । भारत र दक्षिण अफ्रिकाबीच तय भएको तीन म्याचको वान डे सिरिजअन्तर्गतका बाँकी दुई खेल रद्द गरिएको छ । भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि खेल रद्द गरिएको भारतीय सञ्चारमाध्यमले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) स्रोतलाई उद्धृत गर्दै लेखका छन् ।

भारत र दक्षिण अफ्रिकाबीच बाँकी दुई खेल लखनउमा १५ मार्च र कोलकातामा १८ मार्चमा खेल्ने तय भएको थियो ।

बिहीबारको पहिलो खेल वर्षाका कारण स्थगित गरिएको थियो । यसअघि बीसीआईले यी दुई खेल दर्शकबिनाको खाली स्टेडियममा खेलाउने निर्णय गरेको थियो ।

खेल मन्त्रालयले पनि कोरोना संक्रमणको जोखिम रहने भन्दै खाली स्टेडियममा खेल खेलाउन ठीक हुने बताएको थियो । तर, पछिल्लो खबरअनुसार उक्त म्याच अब रद्द गरिएको छ ।

कोरोना भाइरसकै कारण भारतमा हुने आईपीएल क्रिकेट दुई साता पछि सारिएको छ । कोरोना भाइरसका कारण भारतमा दुई जनाको मृत्यु र ८२ जनामा संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 156 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लाकाे तातोपानी १ वडाध्यक्षमा काँग्रेसका कठायत विजयी