फाइल बढुवाको पक्षमा म छैन : सरोजराज अधिकारी

इटहरी । नेपाल प्रेस युनियनका कोषाध्यक्ष सरोज अधिकारीले आगामी जेठ १३ र १४ गते हुने युनियनको महाधिवेशनमा आफू स्वभाविक रूपमा सभापतिको दाबेदार रहेको बताएका छन् ।मंगलबार प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको अन्तक्रिर्या कार्यक्रममा बोल्दै उनले आफू स्वभाविक रूपमा सभापतिको दाबेदार रहेको बताएका हुन् ।

“स्वभाविकै हिसाबमा म सभापतिको दाबेदार हुँ,” उनले भने, “म नै हुनुपर्छ भन्ने होइन, तर मेरो नेतृत्व भयो भने सकारात्मक रूपमा विधि, पद्धति अनुसार अगाडि बढ्नेछु ।”

उनका अनुसार आगामी जेठ १३ र १४ गते वाग्मती प्रदेशको राजधानी हेटौंडामा हुने केन्द्रीय अधिवेशनमा देशभरका केन्द्रीय पार्षदहरूको उपस्थित हुनेगरी आफू पूर्व आएको अवसरमा भेटघाटको कार्यक्रम राखिएको हो ।

उनले युनियन सुनसरी जिल्ला देशकै उत्कृष्ट जिल्ला रहेको उदृत गर्दै भने, “सुनसरी युनियन उत्कृष्ट छ भनेर तपाईंहरूले माग गरिरहनै पर्दैन, अब उत्कृष्ट हुनका लागि केही काम बाँकी छ जस्तो लाग्दैन ।” उनले कोरोनाकालमा सुनसरी युनियनले गरेका काम र त्यसबीचमा भएको गतिविधिको प्रशंसा गरे ।

गत वैशाखमा सम्पन्न पत्रकार महासंघको निर्वाचनमा संगठनको हितविपरीत बागी उमेद्वार दिनेलाई कारबाही गरिएको र अब जिल्लाले सिफारिस गरेमा कारबाही फुकुवा हुने पनि आश्वासन दिए । “म फाइल बढुवाको पक्षमा छैन, प्रेस युनियनलाई सशक्त र मजबुत बनाउने पक्षमा छु,” उनले भने ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय अमर खड्का, भीषण राई, प्रेस युनियन केन्द्रीय सदस्य हेमराज दाहाल, प्रेस युनियन सुनसरी निवर्तमान अध्यक्ष तथा प्रदेश सचिव धनबहादुर पुरी, कोशी अन्चल सचिव कृष्ण भट्टराई, महासंघ सुनसरी उपाध्यक्ष गणेश निरौला लगायतले बोल्दै सुनसरी युनियन उत्कृष्ट रहेकाले केन्द्रमा आगामी महाधिवेशनबाट पदाधिकारीसहित कार्यसमिति पदमा नेतृत्व पाउनुपर्ने दाबी गरे । कार्यक्रममा युनियन सुनसरी अध्यक्ष पवन अधिकारीले प्रेस युनियनले गरेका गतिविधि’bout जानकारी गराए ।

तपाइको प्रतिक्रिया
(Visited 553 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धन चाहिँदैन भन्दै पोखरामा काँग्रेसको नाराबाजी