वैदेशिक रोजगारीका चुनौती

आफ्नो देश छाडेर विदेशमा गई रोजगारी गर्नु नै वैदेशिक रोजगारी हो । स्वदेशमा रोजगारीका अवसर नभएपछि दैनिक हजारौं युवा वैदेशिक रोजगारीका लागि परदेश जान बाध्य छन् । संस्थागत रूपमा विदेशमा रोजगारीका लागि जाने क्रमको थालनी विगत २८ वर्ष अगाडिदेखि भएको देखिन्छ । अझै पनि वैदेशिक रोजगारीमा जानेले अनेकौं समस्याको सामना गर्नु परिरहेको छ । वैदेशिक रोजगारीमा जानेहरूबाट स्वदेशमा पठाउने रकम विप्रेषण वा रेमिट्यान्सले हाम्रो अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको छ । कुल ग्राहस्थ उत्पादनको करिब २५ प्रतिशत योगदान पु¥याउन वैदेशिक रोजगारीलाई व्यवस्थित र भरपर्दो बनाउन नसक्दा यस क्षेत्रमा थुप्रै समस्या रहेका छन् । २०६८ सालको जनगणनाअनुसार कुल घरमध्ये ५३ प्रतिशत घरमा रेमिट्यान्स पुगेको देखिन्छ ।

विदेशमा रोजगारीका लागि जानेक्रम यसरी नै अगाडि बढ्ने हो भने आगामी ५ वर्षमा सत्तरी प्रतिशत घरमा रेमिट्यान्स पुग्ने अनुमान गरिएको छ । देशको होनहार श्रमशक्ति दिनानुदिन विदेशमा रोजगारीका लागि जानु अन्तत घातक हुने अर्थविश्लेषक बताउँछन् । श्रमिक र अल्पकालका लागि उयुक्त देखिए तापनि, दीर्घकालका लागि भने वैदेशिक रोजजगारीमा लर्को लागेर भासिक ५ लाखभन्दा बढि युवाजनशक्ति बिदेसिनु आफंैमा सकारात्मक होइन । वैदेशिक रोजगारीमा जानेले पनि आफू जाने देश’bout राम्ररी नबुझी जानु, त्यस देशको हावापानी’bout जानकारी नराख्नु आफूले काम गर्ने कम्पनी’bout यथार्थ नबुझी दलालको भरमा विदेसिने गर्नाले रोजगारीमा अनेकौं समस्या देखिएका छन् ।

वैदेशिक रोजगारीमा जाने पुरुषको संख्या अधिकतम् भए पनि महिलाहरू पनि आकर्षित हुँदै गएका छन् । पछिल्लो समयमा रोजगारीका लागि विदेश जाने महिलाको प्रतिशत २० भन्दा माथि रहेको बताइन्छ । आधिकारिक रूपमा बिदेसिनेको संख्या पनि ठूलो रहेको छ । वैदेशिक रोजगारीमा जति आकर्षण छ त्यहाँको अवस्था त्यति नै जोखिमपूर्ण पनि रहेको छ । विशेषगरी नेपाली कामदारलाई सस्तो मूल्यमा श्रममा लगाउन सकिने हुनाले खाडी राष्ट्रलगायतका अन्य देशमा बढी माग भएको देखिन्छ ।

एक तथ्यांकअनुसार विदेशमा जाने कामदारमध्ये ७० प्रतिशतले जोमिपूर्ण कार्य गर्नुपर्छ । विदेश जानुपूर्व राम्रोसँग अभिमुखीकरण तालिम दिई सम्बधित कार्य अनुसार नै सीपको विकास गरेर मात्र विदेश जाने वा पठाउने व्यवस्था भएमा अवश्य पनि जोखिम कम हुने थियो । हाल वैदेशिक रोजगारीमा गएका नेपालीको संख्या ४० लाख रहेको देखिन्छ । नेपालमा सम्झौता गरिएअनुरूपको पारिश्रमिक नदिने सुविधा पूर्वसर्तअनुसार उपलब्ध नगराउने बिमा नगरी काममा लगाउने जस्ता समस्याको सामना कामदारले गर्नुपरेको समाचार हामीले सुन्छांै र पढ्छौं ।

शिक्षितदेखि असाक्षरसम्म सबैको आकर्षण बनेको वैदेशिक रोजगारीबाट आमयुवाजमातलाई बिमुख गराउने हो भने स्वदेशमा रोजगारीको सुनिश्चितता हुनु जरूरी हुन्छ । बर्सेनि ३ देखि ४ लाख युवाजनशक्ति श्रमबजारमा आउने गरेका छन् । त्यति ठूलो संख्यालाई रोजगारी उपलब्ध गराउने कार्य कम्ती चुनौतीपूर्ण छैन तर पनि राज्यले बर्सेनि नयाँ उद्योग कलकारखाना खाल्ने कृषि र पर्यटनलाई व्यावसायिक बनाउँदै थप रोजगारी सिर्जना गर्नेतर्फ गम्भीरतापूर्वक लाग्नुपर्ने खाँचो छ । नेपाल कृषि प्रधान देश भएर पनि कृषिमा लाग्ने जनसंख्याको प्रतिशत भने नर्सेनि घट्दै गएको छ । पछिल्लो तथ्यांकअनुसार कुल जनसंख्याको जम्मा २ प्रतिशत मात्रै कृषिमा लागेका छन् । कृषि क्षेत्रमा ठूलो व्यावसायिक खेतीको अभावमा त्यसतर्फ युवाको ध्यान केन्द्रित गराउन सकिएको छैन ।

देशमा नै रोजगारी प्राप्त गर्न सक्ने क्षेत्र भनेको कृषि, उद्योग र पर्यटन नै हुन्

वैदेशिक रोजगारीमा जानुपूर्व नै सम्बन्धित देशको धर्म संस्कृति हावापानी तापक्रम कामको प्रकृति कम्पनीको नियमकानुन सेवासुविधा आदि’bout स्पष्ट भएर मात्र जानुपर्छ । जसका लागि सरकारी नियमको पालना गरी नियमबमोजिम श्रमसम्झौता गर्ने जुन कामका लागि विदेश जाने हो सो काम राम्ररी गर्न सक्ने भएर मात्रै जाने हो भने जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ । श्रम इजाजत भएका देशमा मात्र काम दिएको रूपमा जानुपर्छ तब मात्र श्रम ऐनबमोजिम कार्य गर्ने अवसर प्राप्त गर्न सकिन्छ । लुकीछिपी गलत प्रक्रियाबाट विदेसिने युवाले झने पीडादायी अवस्थाको सामना गर्नुपर्ने हुछ । तसर्थ, नियमसंगत ढंगले मात्र विदेश जानु आफ्नो परिवार र राज्यको पनि हितमा रहन्छ ।

अनेकांै कारणले विदेशमा श्रमकै सिलसिलामा मृत्यु भएका शव मात्रै दैनिक तीन जनाको दरले नेपालको अन्तर्र्राष्ट्रिय विमानस्थलमा आउने गरेको बाटै पनि थाहा हुन्छ कि वैदेशिक रोजगारी कत्तिको जोखिमपूर्ण छ भन्ने । सुरक्षित र भरपर्दो रोजगारीका लागि राज्यले पनि बढी जिम्मेवार बन्न सक्नुपर्छ भने कामदार स्वयं सतर्क बनेर सबै जानीबुझी मात्र वैदेशिक रोजगारीमा जानु बुद्धिमानी कार्य हुनेछ ।

स्वदेशमा नै रोजगारीको व्यवस्था हुन नसक्दा आज पनि हजारांै युवाले अनेकांै जोखिमपूर्ण कार्यमा खटिएर श्रम गर्न विवश छन् । उनीहरूको श्रमबाट प्राप्त हुने विप्रेषणले देशको अर्थतन्त्रमा सहयोग पनि पुगेको छ । तर, यसले दीर्घकालीन समाधान दिंदैन भन्ने तर्क यस क्षेत्रका जानकारहरू बताउने गर्छन् । आज पनि वैदेशिक रोजगारीलाई व्यवस्थित र भरपर्दो बनाउन सकिएको छैन । श्रमिकले अनेकौं दुःख र पीडा खपेर बस्नुपर्ने बाध्यता अहिले पनि छँदै छ । वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन राज्यले थप प्रभावकारी कार्य गर्नुपर्ने देखिन्छ । विदेशमा रोजगारीका लागि जानेले पनि सीप सिकेर मात्र जाने, श्रम सम्झौता गरेर भरपर्दो म्यानपावरबाट मात्र कार्य गर्ने जस्ता सवालमा बढी चनाखो हुनुपर्छ ।

राज्यले श्रम गर्न निषेध गरेका देशमा लुकिछिपी जाने अवैध तरिकाले दलालीको सहयोगमा गलतमार्गबाट पुग्ने कार्यले पनि समस्याको सामना गर्नुपरेको देखिन्छ । राज्यले श्रम स्वीकृति पाएका देशबाट श्रमिकको हितमा सेवा तथा सुविधा बढाउने दिशामा कार्य गर्नुपर्छ । त्यति मात्र नभई सम्झौताअनुरूपको तलव, सुरक्षाको ग्यारेन्टीलगायतका सवालमा प्रभावकारी कार्य गर्नुपर्ने खाँचो रहेको छ । आफू काम गर्न जाने देश’bout पर्याप्त जानाकारी लिनुपर्छ । सम्बन्धित देशको भाषा सिक्ने, त्यहाँको हावापानीको अवस्थाको ख्याल गर्ने, काम सिकेर मात्र जाने जस्ता सामान्य तर ज्यादा महत्वपूर्ण पक्षमा ध्यान दिनुपर्छ । मुख्य कुरा त जिउधनको सुरक्षाको प्रत्याभूति हुनु जरुरी हुन्छ ।

वैदेशिक रोजगारीमा जाने पुरुषको संख्या अधिकतम् भए पनि महिलाहरू पनि आकर्षित हुँदै गएका छन्

नेपालको जनगणना २०७८ सालको प्रारम्भिक नतिजाअनुसार श्रमका लागि विदेशमा रहेका नेपाली नागरिकको संख्या मात्र २० लाख रहेको छ । यी सबै वैधानिक तवरले गएकाको मात्र संख्या हो । अवैध तरिकाले जानेको संख्या पनि ठुलै रहेको बताइन्छ । यसरी हेर्दा २५ लाखभन्दा धेरै नागरिक श्रमका लागि बिदेसिएको देखिन्छ । देशमा नै रोजगारी प्राप्त गर्न सक्ने क्षेत्र भनेको कृषि, उद्योग र पर्यटन नै हुन् । हामीले कृषिमा युवालाई आकर्षित गर्न सकिरहेका छैनौं । उद्योगको स्थापना पनि गर्न सकेका छैनौं भने पर्यटन क्षेत्रमा पनि उल्लेख्य सुधार गरी रोजगारी बढाउन सकेका छैनौं । पछिल्लो समय त झनै कोरोना महामारीका कारण यो क्षेत्र झनै प्रभावित भएको छ ।

हामी कृषि प्रधान देशका नागरिक तर खाद्यान्नका लागि मात्र मासिक अर्बौं रकम खर्चन्छौं । एक दशक अगाडिसम्म हामी भारतमा खाद्यान्न निर्यात गथ्र्याैँ भने आज तरकारी, फलफूल, खाद्यान्न सबै भारतबाट आयात गर्छौँ भन्न पनि लाज लाग्ने अवस्थाको सिर्जना भइरहेको छ । उत्पादन वृद्धि गर्न र स्वदेसमा नै रोजगारी सिर्जना गर्न राज्यले युवावर्गलाई कृषिमा आकर्षित गर्नैपर्छ जसका लागि ऋण सहजै उपलब्ध गराउने, उत्पादनले बजार पाउने व्यवस्था मिलाउने, उन्नत जातका बिउबिजनको उपलब्ध गराउने, समयमा नै आश्यक मलको प्रबन्ध गर्ने जस्ता कार्य गर्नुपर्छ । व्यावसायिक कृषिमा जोड दिँदै युवालाई यस क्षेत्रमा आकर्षित गराउनुपर्छ । तब मात्र रोजगारी बढाउँदै उत्पादन समेत वृद्धि गर्न सकिन्छ ।

वैदेशिक रोजगारीका चुनौतीलाई हटाउँदै थप व्यवस्थित र भरपर्दो बनाउन प्रभावकारी कदम चाल्नुपर्छ । बढ्दो बेरोजगारीको समस्यालाई क्रमशः हटाउन आमयुवालाई कृषि क्षेत्रमा आकर्षित गराउन सिँचाइ, बजार, बिउबिजन, ऋण, मल, भण्डारणको प्रभावकारी रूपमा व्यवस्था गर्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 2,272 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ललितपुरमा निर्वाचन आचारसंहिता उल्लंघन