बिल गेट्सद्वारा माइक्रोसफ्ट  सञ्चालक समितिबाट राजीनामा

न्युयोर्क । माइक्रो सफ्टका सहसंस्थापक बिल गेट्सले परोकारी कार्यमा धेरै समय व्यतीत गर्न भन्दै कम्पनीको सञ्चालक समितिबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले विश्वव्यापी स्वास्थ्य र विकास, शिक्षा र जलवायु परिवर्तन नियन्त्रण गर्ने विषयमा आफ्नो ध्यान केन्द्रित गर्ने इच्छा भएको भन्दै माइक्रोसफ्ट सञ्चालक समितिबाट बाहिरिएका हुन् ।

संसारका दोस्रो सर्वाधिक धनी व्यक्ति मानिने गेट्स ६५ वर्षका भए । उनी अर्का धनाढ्य व्यापारी तथा परोपकारी वारन बफेटको विशाल होल्डिङ कम्पनी बाक्सर ह्याथवेको सञ्चालक समितिबाट पनि अलग्गिएका छन् । गेट्स सन् २००८ मा सीईओबाट राजीनामा दिएदेखि नै माइक्रोसफ्टमा दैनिक काम गर्ने भूमिका थिएनन् ।

माइक्रोसफ्टको सञ्चालक समितिमा नबस्ने घोषणा गर्दै गेट्सले सो कम्पनी आफ्नो जीवनको महŒवपूर्ण अंग भएको र आफूले कम्पनीको नेतृत्व तहसँग निरन्तर सहकार्य गर्ने बताए । फोब्र्स म्यागजिनले गेट्सलाई संसारका दोस्रो धनी व्यक्तिका रूपमा सूचीकृत गरेको छ । उनको सम्पत्ति १०३.६ अर्ब डलर बराबर छ ।

अमेजन कम्पनीका मालिक जेफ बेजोस फोब्र्स म्यागजिनले बनाएको धनाढ्यहरूको सूचीमा शीर्ष स्थानमा छन् । गेट्स कम्प्युटरमा प्रयोग हुने सफ्टवेयरको विकास र व्यापारबाट धनी भएका हुन् । युवावस्थामा कलेजको पढाइ बीचमै छोडेर उनी न्युमेक्सिकोस्थित एल्बकर्की गए । त्यहाँ उनले आफ्ना बाल्यकालका साथी पोल एलनसँग मिलेर माइक्रोसफ्ट कम्पनी स्थापना गरे । एलनको सन् २०१८ मा मृत्यु भयो ।

सन् १९८० मा आईबीएम कम्पनीसँग अपरेटिङ सिस्टम अर्थात् कम्प्युटर सञ्चालन गर्न चाहिने प्रणाली विकास गर्ने सहमति गर्नु उनीहरूका लागि ठूलो उपलब्धि सिद्ध भयो । यो प्रणालीलाई पछि एमएस–डस भनियो । गेट्स सन् २००४ देखि बाक्सरको सञ्चालक समितिमा थिए । तर, उनी अधिकांश समय समाजसेवा र परोपकारमा संलग्न आफ्नो संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनमा बिताउँछन् ।

गेट्सले पत्नीसँग मिलेर स्थापना गरेको संस्थालाई ४.८ अर्ब डलर दान दिएपछि गेट्स दम्पतीलाई द क्रोनिकल अफ फिल्यान्थ्रपीले सन् २०१८ मा अमेरिकामा ‘सबैभन्दा दानवीर परोपकारी व्यक्ति’ घोषणा गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा धनराज आचार्य उपमेयरमा मञ्जुदेवी गुरुङ