सिन्धुलीमा कांग्रेस र माओवादीको मात्र गठबन्धन हुने

सिन्धुली । सिन्धुलीमा सत्ता साझेदार गठबन्धनमध्येका दुई दलले मात्र जिल्लाका नौ वटै स्थानीय तहमा गठबन्धन गर्ने भएका छन । सोहि अनुसार नौ वटै पालिकाको प्रमुख र उपप्रमुखमा भागबन्डा गरेर गठबन्धन गर्ने सहमति भएको छ ।

नेपाली कांग्रेसले पाँच पालिका प्रमुख र चार पालिकाको उपप्रमुख लिने र नेकपा माओवादी केन्द्रले चार पालिका प्रमुख र पाँच पालिका उपप्रमुख पाउने गरि सहमति भएको हो ।

सत्ता गठबन्धनमा रहेका तीन दलहरु नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई वेवास्ता गरि दुई दलिय गठबन्धन भएको हो ।

दुई दलिय सहमति अनुसार नेपाली कांग्रेसले कमलामाई नगरपालिका, घ्याङ्लेख गाउँपालिका, तिनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, गोलञ्जोर गाउँपालिकामा प्रमुख र माओवादी केन्द्रले दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा प्रमुख पाउने भएको छ ।

प्रमुख पाउने बाहेकका पालिकामा दुवै दलले उपप्रमुख पाउने भएका छन । जितेका पालिका दुवै दलले छोडेका छ्रैनन भने एमालेले जितेका पालिकामा भागवण्डा गरेका छन । २०७४ को स्थानीय निर्वाचनमा कमलामाई नगरपालिका, फिक्कल गाउँपालिका, दुधौली नगरपालिका नेकपा एमालेले जितेको थियो । सुनकोशी, मरिण र हरिहरपुरगढी नेकपा माओवादी केन्द्रले जितेको थियो भने नेपाली कांग्रेसले गोलञ्जोर, घ्याङ्लेख र तिनपाटन गाउँपालिका जितेको थियो ।

यसैबीच जिल्लाका सबै स्थानीय तहमा दुई दलले मात्र गठबन्धन गरि आफुहरुलाई उपेक्षा गरेको भन्दै अन्य तीन दलले असमति जनाएका छन । उनीहरुले उक्त सहमतिलाई गठबन्धन विरोधी कदम भनेका छन । नेकपा एकीकृत समाजवादी सिन्धुलीका अध्यक्ष सूर्य पाख्रिन, जनता समाजवादी पार्टी सिन्धुलीका अध्यक्ष सुरदबहादुर स्याङतान र राष्ट्रिय जनमोर्चा नेपालका सचिव हिरा श्रेष्ठले प्रेस विज्ञप्ती जारी गर्दै सम्मानजनक सहभागिता सहितको सहमति गर्न यथासिघ्र पहल गर्न माग समेत गरेका छन ।

तपाइको प्रतिक्रिया
(Visited 354 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दार्चुलाको अपिहिमाल गाउँपालिका अध्यक्षमा माओवादीका ठेकरे निर्वाचित