वीरेन्द्रनगरका मेयरद्वारा अक्षयकोष स्थापना

कर्णाली । वीरेन्द्रनगरका नगर प्रमुख देवकुमार सुवेदीले आफ्नो पारिश्रमिकबाट १३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । सुवेदीले पारिश्रमिक बापतको सो रकम ‘रवि–जगत फाउन्डेशन’का नाउमा अक्षयकोष स्थापना गरेका हुन् ।

फाउन्डेशनले सामाजिक सेवा, पर्यावरण संरक्षण लगायतका कार्यमा सहयोग र पैरवी गर्ने जनाइएको छ । “यो संस्था गैरराजनीतिक मुनाफारहित जनहितकारी सामाजिक संस्था हुनेछ,” नगर प्रमुख सुवेदीले भने, “आफ्नो पाँच वर्षे कार्यकालमा तलब सुविधाबाट जम्मा हुन आएको केही रकममध्येबाट संस्था सञ्चालनका लागि अक्षयकोष स्थापना गरिएको हो ।”

फाउन्डेशनले गरिब, अपाङ्गता भएका, बेसहारा, दलित, महिला, जनजाति तथा पिछडिएको वर्ग र क्षेत्रका बालबालिकालाई विभिन्न सीपमुलक तालिम, प्राविधिक शिक्षा प्रदान गर्ने, आदिवासी जनजाति समुदायको हकहितका लागि आवश्यक पहल गर्ने, वातावरण संरक्षण कार्यलाई प्रर्वद्वन गर्ने उद्देश्य राखेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 322 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजतन्त्र फर्काउने सपना बोकेका ७९ वर्षीय बेदराज