हमाल भन्छन् ‘धनगढीलाई पाँच वर्षमा मुलुककै नमुना शहर बनाउछु’


टीकापुर(कैलाली) । धनगढी उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका गोपाल हमालले धनगढीलाई पाँच वर्षमा मुलुककै नमुना शहर बनाउने दाबी गरेका छन् ।

शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले आफू नगर प्रमुखमा विजयी भए धनगढीलाई पाँच वर्षभित्र मुलुककै सुन्दर, समुन्नत र नमुना सहर बनाउने दाबी गरेका हुन् ।

‘हाम्रो धनगढी,हामी बनाउँछौ’ भन्ने चुनावी नारा लिएर आफू निर्बाचनमा होमिएको उनले बताए । भ्रष्टाचार नियन्त्रण, पारदर्शी सेवा, लोककल्याणकारी,स्वच्छ,सुन्दर र समृद्ध नमुना शहर बनाउने योजना रहेको उनले बताए ।

धनगढी सहरको फोहरमैला व्यवस्थापनका लागि वैज्ञानिक बिधि अपनाइने,वृक्षरोपणलाई विशेष महत्व दिई धनगढी उप महानगरलाई हराभरा, सुन्दर नगर बनाउने आफ्नो पहिलो प्राथामिकता रहने हमालको भनाइ छ ।

उनले आगामी पाँच वर्षभित्र उपमहानगरपालिकालाई मुलुककै सुन्दर, समुन्नत र नमुना शहर बनाउने मुख्य एजेण्डा बोकेर चुनावी अभियानमा होमिएको बताए । आफू मेयरमा विजयी भएपछि मेयरले पाउने भत्ता,गाडी,इन्धन, यातायात, होटलबास लगायतका कुनै पनि सेवा सुविधा नलिने उनले पत्रकार सम्मेलनमा घोषणा गरे ।

‘मेरो उम्मेदवारी धनगढी बनाउनका लागि हो, राजनीति गर्नलाई होइन ।’ उनले भने ‘हामीले राजनीतिलाई सेवा बनाएनौँ, पेसा बनायौँ । मलाई जे दिएको हो, यही धनगढीले दिएकोले अब मैले पाँच वर्ष यो धनगढीलाई निस्वार्थ सेवा दिन्छु ।’ उनले भने ।

मतदाताहरू शिक्षित भइसकेका कारण गठबन्धनले आफूलाई असर नगर्ने बताउँदै उनले बाँडीचुडी खाने गठबन्धनलाई जनताले नपत्याउने दाबी गरे ।

२०७४ को निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएका उनी २७९७ सय मतान्तरले कांग्रेसका नृप वडसँग पराजित भएका थिए । विजयी वडले १४ हजार ३२४ मत प्राप्त गर्दा हमालले ११ हजार ५२७ मत ल्याएर दोस्रो भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 324 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरका कृष्णपुरमा काङ्रेसकै प्रमुख र उपप्रमुख