कांग्रेसमा विद्रोह, वडा सभापतिसहितका ९१ जनाले दिए सामूहिक राजीनामा


धनगढी । सत्ता गठबन्धन नेपाली काँग्रेस भित्र आन्तरिक किचलो सुरु भएको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै कैलालीमा पनि वडा सभापतिसहितका ९१ जनाले सामूहिक राजीनामा दिएका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका १८ का वडा सभापति भक्तबहादुर थापासहितका क्रियाशील सदस्यहरूले शुक्रवार काँग्रेसका विभिन्न निकायमा राजीनामा बुझाएका हुन् । सामूहिक राजीनामा दिनेहरूमा नेपाली कांग्रेस कैलालीका पूर्वजिल्ला सदस्य लक्ष्मीप्रसाद देवकोटा, पूर्वक्षेत्रीय उपसभापति कुम्भराज गिरी, पूर्व वडाध्यक्ष सालीभान खड्का लगायतका नेता कार्यकर्ता रहेका छन् ।

धनगढी उपमहानगरपालिका–१८ मा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले उम्मेदवार उठाउने भएको छ । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा उक्त वडा माओवादी केन्द्रले जितेका कारण भागबण्डाका क्रममा माओवादीले नै पाउने भएपछि कांग्रेसका नेता कार्यकर्ता असन्तुष्ट बनेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 291 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कम्युनिस्ट र मधेसवादी दल विभाजनको फाइदा कांग्रेसलाई