चुनाव स्वच्छ र निष्पक्ष बनाउने दलको प्रतिबद्धता

पोखरा । स्थानीय तहको चुनाव स्वच्छ, निष्पक्ष र भयरहित बनाउन कास्कीका राजनीतिक दलहरु प्रतिबद्धता व्यक्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको सर्वदलीय तथा सर्वपक्षीय छलफलमा उनीहरुले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आ–आफ्नो दलले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नेपाली कांग्रेस गण्डकीका अध्यक्ष शुक्रराज शर्माले सबै मिलेर निर्वाचन सफल बनाउनुपर्ने बताए । मतदातको सुरक्षाको अनुभूति दिलाउने गरी निर्वाचन कार्यालयले काम गर्नुपर्ने उनको धारणा थियो । निर्वाचन कार्यालयको काममा आफूहरुको सहयोग रहने उनले बताए ।

नेकपा एमालेका नेता रश्मी आचार्यले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउने काम राजनीतिक दलको गतिविधिले निर्धारण गर्ने भएकाले सबै पार्टी आचारसंहितामा सजग हुनुपर्ने धारणा राखेका थिए । उम्मेदवार दर्ताका समयमा हुने हुलहुज्जत कम गर्न सम्बन्धित पार्टीले निर्वाचन अधिकृतको कार्यालयबाट समय लिएर जाने र त्यही अनुसार समय मिलाएर उम्मेदवारी दर्ता गर्नुपर्ने सुझाव राखे ।

निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले सबै राजनीतिक पार्टीहरुलाई आचारसंहिता पालनाका लागि आग्रह गरेका थिए । तोकिएको समयमा उम्मेदवारी दर्ता गर्न जाँदा आवश्यक कागजातहरु साथैमा लिएर उपस्थित हुन पनि आग्रह गरे ।

स्थानीय तहको निर्वाचनमा पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यका लागि नेपाली नागरिकताको प्रतिलिपि, धरौटी राखेको बैंक भौचर वा नगद रसिद, दलको उम्मेदवारको हकमा दलले प्रदान गरेको पत्र, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा आवश्यक पर्नेछ । यस्तै दलित वडा सदस्यका लागि माथिका बाहेक अधिकार प्राप्त निकायले दिएको दलित समुदायको भएको प्रमाणित हुने निस्सा साथमा लिएर जानुपर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

बैठकमा राजनीतिक दल, सुरक्षा निकाय, नागरिक समाज, पत्रकार लगायत उपस्थित थिए । कार्यक्रम उपस्थित नागरिक समाजका प्रतिनिधिले मनोनयन दर्ता गर्ने समयमा हुने अनावश्यक तडकभडक बन्द गर्नुपर्ने, हुलहुज्जत कम गर्नुपर्ने, मौन समयमा हुने बार्गेनिङ, अनाश्यक भोज भतेरका क्रियाकलाप कम गर्न आग्रह गरेका थिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयराम आचार्यको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह निर्वाचन–२०७९ तयारीका आवश्यक गृहकार्य अगाडि बढाएको कास्कीका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार कास्कीमा १ सय ५० मतदानस्थल र ३ सय ३६ मतदान केन्द्र तोकिएको छ । ती केन्द्रमा अपांगता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिएर मतदान गर्ने व्यवस्था मिलाइएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर कमान्ड पोस्ट तयार गरिएको छ ।

कास्कीमा ५ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कास्कीमा २ लाख ८१ हजार ८ सय ३३ मतदाता छन् । तीमध्ये १ लाख ३३ हजार ७ सय ४२ पुरुष र १ लाख ४८ हजार ८७ महिला रहेका छन् । तेस्रो लिंगीको संख्या भने ४ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

गत स्थानीय तहको चुनावको तुलनामा अहिले कास्कीमा ५७ हजार २२ मतदाता थपिएको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपाने जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेन शाह : साना कुरा गर्दै ठूलो सपना देखाउँदै