रूपान्तरणको पर्खाइमा प्रशासन

वर्तमान सरकारले प्रशासन सुधारका लागि विभिन्न आयोग बनाउन त परै जाओस् प्रशासन सुधारका सम्बन्धमा सामान्य छलफल र बहस समेत चलाउन सकेको छैन । यो सरकारले प्रशासन के हो र यसलाई कसरी कामयावी बनाउन सकिन्छ भन्नेमा कुनै ध्यान नै नदिनु ठूलो विडम्बना भएको छ । प्रशासनलाई पुरै बेवास्ता गरिएको तथा प्रशासनबाट सरकारले कुनै काम लिन नसकेकाले पनि होला अहिले मुलुकमा सरकार नै नभएको जस्तो अनूभूति गर्न आमजनता विवश छन् ।

यसो त विगतका सरकारले नेपालको प्रशासन सुधारका लागि दर्जनौं आयोग तथा समिति बनाएका थिए । ती आयोग र समितिले लामो अध्ययन र विश्लेषण गरी प्रशासन सुधारका लागि सरकारलाई महत्वपूर्ण सुझाव पनि दिए । तर, आयोगले दिएका अधिकांश सुझावलाई विगतका सरकारले गम्भीरतापूर्वक लिएनन् र कार्यान्वयन तहमा समेत लैजान सकेनन् । त्यसैले पनि हाम्रो निजामती प्रशासन झन्पछि कमजोर र यथास्थितिवादी चरित्रकै रूपमा रहँदै आयो । अर्कोतर्फ प्रशासनमा पनि सुधारका लागि राजनीतिक नेतृत्वकै मुख ताक्ने रोग रहँदै आयो । प्रशासनिक नेतृत्वले प्रशासन क्षेत्रलाई सुधार गर्न र व्यवस्थित प्रणालीमा चलाउन आफैँले पनि सोहीअनुसार प्रावधान ल्याउन सक्नुपथ्र्यो तर उनीहरूले सुधारका लागि काम गर्नेभन्दा पनि जागिरकै लागि मात्रै काम गर्दा प्रशासन निम्सरो जस्तो हँुदै आएको छ ।
विगतमा प्रायः सबैजसो सरकारले प्रशासनलाई सुधार गरी जनमैत्री बनाउनुभन्दा पनि हस्तक्षेप गरी आफ्नोअनुकूल चलाउने काम गर्दै आए । त्यसैले पनि प्रशासनले कहिल्यै पनि जनताको मन जित्न सकेन । अधिकांश कर्मचारी अहिले पनि जनताको दृष्टिकोणमा असल छैनन् । आफ्नै स्वार्थमा रमाउने र कामचोर प्रवृत्ति कर्मचारीका विशेषता भएका छन् । जनताको कामलाई आफ्नै काम ठान्न सक्ने प्रवृत्ति कर्मचारीमा नदेखिनु विडम्बना नै भएको छ । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवै सच्चिएर जनताको मन जित्ने गरी काम गर्नुपर्छ ।

सरकारको नीति योजना तथा कार्यक्रमलाई जनतासमक्ष पु¥याउने काम कर्मचारी प्रशासनकै हो । ती नीति योजना जनतासमक्ष पु¥याए नपु¥याए’bout अध्ययन छानबिन गर्ने जिम्मेवारी भने राजनीतिक नेतृत्वका रूपमा रहेका मन्त्रीहरूकै हो । तर, हाम्रा मन्त्री आफैं पनि परिणाम दिने गरी कामयावी बन्न सकेका छैनन् । आफैं राम्ररी काम गर्न नसक्नेहरूले प्रशासनिक नेतृत्वलाई कसरी काममा लगाउन सक्लान् ? गम्भीर प्रश्न हो यो । मन्त्रीहरूले साँच्चै नै देश र जनताका लागि केही गरेर देखाउने हो भने उनीहरू रातदिन काममा खटिनुपर्छ र प्रशासनलाई सोहीअनुसार खटाउन सक्नुपर्छ ।

प्रशासकहरू राजनीतिक नेतृत्वको असल सल्लाहकार बन्न सक्नुपर्छ । यसका लागि सबै प्रशासक मिलेर आचरण, नैतिकता र कानुनको जगेर्ना गर्दै विकास निर्माणलाई द्रुत गतिमा अगाडि बढाउने प्रण गर्नुपर्छ । राजनीतिक नेतृत्वले पनि आफूलाई सत्कर्ममा हिडाएर प्रशासनलाई मुलुकका लागि सशक्त योगदान दिन सक्ने बनाउनुपर्छ । प्रशासन सुधारसम्बन्धी विभिन्न आयोग र समितिले दिएका सुझाव र सिफारिस कार्यान्वयन गरी सार्वजनिक प्रशासनलाई संविधानको उद्देश्य र मान्यताअनुरूप रूपान्तरण गर्न अब ढिलाइ गर्नुहुँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 253 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरका ४ महिलालाई पालिका र वडा हाँक्ने जिम्मेवारी