कलैयामा मनोनयन प्रक्रिया सुरू

बारा । कलैया उप-महानगरपालिकामा मनोनयन प्रक्रिया सुरू भएको छ । स्थानीय तहको चुनावको लागि आज देखि मनोनयन प्रक्रिया सुरू भएको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले बताएका छन् ।

बिहान १० बजे देखि सुरू भएको मनोनयन प्रक्रियामा १२ बजे सम्ममा विवेकशील साझा पार्टीबाट शिवजी प्रसाद कानुको नगर प्रमुखमा पहिलो उम्मेदवारी परेको उनले बताए ।

साथै वडा नम्वर ३ मा वडा सदस्यमा उम्मेदवारी परेको जनाए । बेलुका ५ बजे सम्म मनोनयन दर्ता प्रक्रिया जारी रहेकोले उम्मेदवारहरूको मनोनयन दर्ता गर्न आउने क्रम जारी रहेको उनले बताए । मनोनयन भोली ( सोमबार ) सम्म रहने समेत उनले जनाए ।

पार्टीभित्रको आन्तरिक कलहले उम्मेदवार टुङो लगाउन नसक्दा उम्मेदवारी कम परेको राजनीतिक विश्लेषक बताउछन् ।

तपाइको प्रतिक्रिया
(Visited 286 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चामुण्डा विन्द्रासैनीमा काँग्रेसका उम्मेदवार विजयी