राप्रपामा भाँडभैलो, पुराना नेता प्रेम देशारले टिकट पाएनन्

ललितपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी ललितपुरमा भाँडभैलो सुरु भएको छ । गोदावरी नगरपालिकामा मेयरका प्रत्यासी प्रेम देशारले टिकट नपाएपछि कार्यकर्ताहरु रुष्ट छन् । १४ मध्ये वडा मध्ये १० वटा बडाबाट सर्वसम्मत सिफरिस भएका देशारलाई केन्द्रिय उपाध्यक्ष रोशनी कार्कीले रोकेको स्थानिय कार्यकर्ताको गुनासो छ ।

पुराना नेता देशारलाई टिकट नदिएर भर्खरै पार्टी प्रवेश गरेका राजकुमार महर्जनलाई टिकट दिएपछि पुराना कार्यकर्ता निराश छन् ‘राजकुमारले समेत प्रेम दाई मेरो सिनियर हो उहाँलाई टिकट दिनु पर्छ भन्दा भन्दै उपाध्यक्ष कार्कीले मलाई टिकट दिनु भएन ।’ देशारले राजधानीसंग कुरा गर्दै भने ‘उहाँले पार्टीमा राणा शासन शैली लागु गर्न खोज्नु भएको छ । त्यो शैलीले पार्टी बन्दैन ।’

उम्मेदवार छान्नका लागि पार्टीले राखेको बैठकमा पनि उपाध्यक्ष कार्कीले कसैलाई बोल्न नदिएको देशारको भनाई छ । ‘उहाँले कसैलाई बोल्न दिनु भएन आफ्नै निर्णय लाद्नु भो र टिकट वितरणमा कार्यकर्ताकाे भावना विपरित उभिनु भयाे ’ देशारले भने ।

०५२ सालदेखी राप्रपामा लागेका देशार पार्टीका पुराना कार्यकर्ता हुन् । तत्कालिन माओवादीले सुरु गरेको आन्दोलनको प्रतिरोधमा देशारकै नेतृत्वमा माओवादी अध्यक्ष प्रचण्डको पुत्ला जलाउने काम समेत भएकाे थियाे ।

राप्रपा युवक संगठनकाे केन्द्रीय उपाध्यक्ष समेत भएका देशारले आफुलाई कार्वाही गरेर देखाउन पार्टीलाइ चुनौति दिँदै भन्छन् ‘यो शैलिले राप्रपा उँभो लाग्दैन ।’

त्यसाे त अध्यक्ष राजेन्द्र लिङ्देनकाे उन्मत्त शैलीले पनि याे चुनावमा पार्टीकाे स्थति नाजुक हुने अनुमान कार्यकर्ताले गरेका छन् । अध्यक्ष भए लगत्तै लिङ्देनले अाफ्नाे गुटकाे मात्रै पक्षपाेषण गरेकाे गुनासाे कार्यकर्ताले गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 760 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको रैनादेवीछहरामा गठबन्धनका उम्मेदवार विजयी विजयी