वीरगन्जमा मेयरका लागि १२ जनाको उम्मेद्वारी दर्ता

वीरगन्ज । मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा नगर प्रमुख पदमा १२ जनाले उमेद्वारी दर्ता गराएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वीरगन्ज महानगरपालिमा कुल ७७ जनाले विभिन्न पदमा उमेद्वारी दर्ता गराएका हुन् । ती मध्ये महानगरप्रमुखमा १२ जनाको उमेद्वारी परेको हो ।

उपप्रमुखमा भने आइतबार एक जनाको पनि उमेद्वारी नपरेको पर्साका प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए । नगर प्रमुख पदमा दर्ता गराउनेहरु मध्ये राजनीतिक दलको तर्फबाट नेपाल मजदुर किसान पार्टीका गोकर्ण प्रसाद कोइरी र नेपाल सद्भावना पार्टीबाट विजय कुमार रौनियार वाहेक सबै स्वतन्त्र उमेद्वार रहेको उनको भनाइ छ ।

ठूला दल उमेद्वार अझै टुङ्गिएन

वडाध्यक्षको लागि भने एकिकृत समाजवादी पार्टीका ३ सहित स्वतन्त्र र दलका गरी कुल २० जनाको उम्मेद्वारी परेको छ । वडाध्यक्षमा उम्मेद्वारी दिनेहरु मध्ये एक जना महिला पनि रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

६ वटा राष्ट्रिय पार्टी सहित ३१ दल दर्ता रहेको पर्सामा ठूला दलहरुको तर्फबाट महानगरको नेतृत्वका लागि आइतबार कसैको पनि उमेद्वारी नपरेको निर्वाचन अधिकृतको कार्यालय वीरगन्जले जनाएको छ । वडा सदस्य महिला १०, दलित ६ र खुल्ला तर्फ २९ गरी कुल ७७ जनाले महानगरका विभिन्न पदका आइतबार पाँच बजेभित्र उमेद्वारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।
जिल्लामा राजनीतिक पहँुच राख्ने ठूला दलहरु एमाले, काँग्रेस, जनता समाजवादी पार्टी, लोसपा लगायतको भने वीरगन्ज महानगरको नगप्रमुख र उपप्रमुख लगायतका पदमा उमेद्वारी दर्ता गराएका छैनन् ।

जिल्लाको पर्सागढी नगरपालिकामा भने १ जना स्वतन्त्र उम्मेद्वारको मात्रै वडाध्यक्षमा मात्र उमेद्वारी परेको छ । त्यसै गरी पोखरिया नगरपालिकामा ३ जना नगरप्रमुख, २ उपप्रमुख, ७ वडाध्यक्ष सहित कुल ३८ जनाको उमेद्वारी दर्ता भएको त्यहाँका प्रमुख निर्वाचन अधिकृत पदमबहादुर कार्कीले बताए । पकाहामैनपुरमा ३ जना अध्यक्ष, धोविनी गाउँपालिकाको उपाध्यक्षमा पत्रकार आरके पटेल, सखुवा प्रसौनी, ठोरी लगायतका अरु गाउँपालिका र नगरपालिकाहरुमा दर्ता गराएका उमेद्वारहरुमा पनि सबै तथ्याँक आउन अझै समय लाग्ने निर्वाचन अधिकृतहरुले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 243 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीको चन्द्रकोटमा गठबन्धनका अध्यक्ष/उपाध्यक्ष विजयी