कसम खाएर उम्मेदवारी घोषणा

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तर्फबाट पोखरा महानगरको प्रमुख र उपप्रमुख पदका अकांक्षीले भ्रष्टाचार नगर्ने कसम खाई उम्मेदवारी घोषणा गरेका छन् । सो दलको तर्फबाट पोखरा महानगरको प्रमुखमा शंकर खराल र उपप्रमुखमा रञ्जना सेन पौडेल (रञ्जू) ले उम्मेदवारी दिन लागेका हुन् ।

आइतबार विन्ध्यवासिनी मन्दिरमा राप्रपा गण्डकी अध्यक्ष पञ्चराम गुरुङले प्रमुख र उपप्रमुख पदका प्रत्यासीलाई भ्रष्टाचारमुक्त समाज निर्माण गरी सुशासन कायम गर्न कसम खुवाएका हुन् । साथै राप्रपाबाट कास्कीका विभिन्न पालिका र वडाबाट उम्मेदवार बन्न लागेका आकांक्षीले पनि भ्रष्टाचार नगर्ने कसम खाएका थिए ।

राप्रपा प्रदेश कमिटी अध्यक्ष गुरुङले भ्रष्टाचार नेपालको सबैभन्दा ठूलो रोग भएको भन्दै यसको अन्त्यका लागि आफ्नो दल कटिबद्ध रहेको बताए । ठूला भनिएका राजनीतिक पार्टीले पटक–पटक सत्तामा पुगेर पनि जनता झुक्याउने काम गरेको बताउँदै उनले धर्म, संस्कार र संस्कृति रक्षा गर्ने तर्फ पनि आफूहरु सचेत रहेको बताए ।

नगर प्रमुखमा उम्मेदवारी दिन लागेका खरालले समुन्नत पोखरा निर्माणका लागि भ्रष्टाचारको अन्त्य गर्दै सफा, स्वच्छ र हराभरा पोखरा बनाउने लक्ष्य आफ्नो रहेको भनाइ राखे । कार्यक्रममा राप्रपाका पूर्व केन्द्रीय सदस्यद्वय डा. महेन्द्रबहादुर कार्की र विष्णुदेवी गुरुङ तथा राप्रपा कास्कीका पूर्व जिल्ला अध्यक्ष जयलाल पुनले बोलेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 288 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

एनपिएलः काठमाडौँ गुर्खाज छ विकेटले विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गोपी हमालले झण्डै दोब्बर मतले जित्न लाग्नुको कारण यस्तो छ