एमालेले टुंगायो सबै उमेदवार, भोली मनोनयन

सिन्धुली । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले सिन्धुली जिल्लाका नौ वटै तहका उमेदवार टुंगो लगाएको छ । जिल्लाबाट सिफारिस भएका कमलामाई नगरपालिका, दुधौली नगरपालिका, फिक्कल गाउँपालिका, तीनपाटन गाउँपालिका, सुनकोशी गाउँपालिकाका प्रमुख उपप्रमुखको उमेदवार टुंगाएको हो ।

बाग्मति प्रदेश कमिटीले शनिबार उमेदवारको टुंगो लगाएको हो । जस अनुसार कमलामाई नगरपालिकाको मेयरमा महेन्द्रदेव श्रेष्ठ, उपमेयरमा मञ्जु देवकोटा चयन भएका छन । दुधौली नगरपालिकामा मेयर लक्ष्मण कार्की, उपमेयर बालकुमारी अधिकारी दनुवार चयन भएका छन । यस्तै तिनपाटन गाउँपालिकामा अध्यक्ष छत्र दाहाल, उपाध्यक्ष पदममाया तामाङ चयन भएका छन ।

फिक्कल गाउँपालिकाको अध्यक्षमा पार्वती सुनुवार, उपाध्यक्षमा राजु बराल, सुनकोशी गाउँपालिकाको अध्यक्षमा रोमनराज गिरी (अशोक) र उपाध्यक्षमा हेमा अधिकारी चयन भएका छन ।

यस्तै ४ वटा पालिकामा भने यसअघि नै सर्वसम्मत अध्यक्ष पदका उमेदवार चयन भएका थिए । हरिहपुरगढी गाउँपालिकामा मान बाहादुर वाईबा, मरिण गाउँपालिकामा गोविन्दलाल माझी, गोलन्जोर गाउँपालिकामा शंकर बराल र घ्याङ्लेख गाउँपालिकामा चतुरमान लो सर्वसम्मत उमेदवार चयन भएका छन । यी चार पालिकामा भने उपाध्यक्षका उमेदवार चयन भएका छैनन । यस्तै सबै वडाका अध्यक्षहरुको समेत टुंगो लगाइसकेको नेकपा एमाले सिन्धुलीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 383 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आर्थिक महानगरमा हरायो अर्थको कुरा, चौतर्फी राजनीति रापताप