सांघाइमा कोभिडबाट एकै दिन ३९ जनाको मृत्यु


सांघाइ । चीनको सांघाइमा कोभिडबाट आइतबार एकै दिन ३९ जनाको मृत्यु भएको छ । योसँगै सांघाइमा कोभिडबाट मृत्यु हुनेको संख्या ८७ पुगेको त्यहाँको नेसनल हेल्थ कमिसनले जनाएको छ । आइतबार कोभिडका २२ हजार नयाँ संक्रमित भेटिएका थिए ।

साढे दुई करोड जनसंख्या भएको सांघाइ पछिल्लो समय कोभिड संक्रमणको चपेटामा परेको छ । देशको बृद्ध र खोप नलागाएको ठूलो जनसंख्यामा कोभिडको जोखिम रहेको स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन् । कोभिडबाट मृत्यु हुने अधिकांश बृद्धबृद्धा रहेको सरकारले दाबी गरेको छ ।

सरकारले कोभिडबाट मृत्यु हुनेमा खोप नलगाएका र दीर्ध रोगी भएको बताए पनि पछिल्लो पटक मृत्यु भएकामध्ये पाँच जनाले खोप लगाएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

संक्रमितहरूको मृत्यु बढेसँगै चीनमा निर्मित खोपको प्रभावकारीता’bout केहीले प्रश्न उठाउन थालेका छन् । यसैबीच, राजधानी बेइजिङमा २२ नयाँ संक्रमित भेटिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 253 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेनलाई ‘लौरो’, गोपाललाई ‘आँप’ र जगन्नाथलाई ‘भुइँकटहर’ चुनाव चिह्न