काठमाडौं मेयरमा उम्मेदवारी दर्तापछि स्थापितले भने- गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु


काठमाडौं । एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका केशव स्थापितले सत्तारुढ गठबन्धनको भन्दा दोब्बर मत ल्याएर आफू निर्वाचित हुने दाबी गरेका हुन् ।

उम्मेदवारी मनोनयनको दोस्रो दिन सोमबार दिउँसो काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि उनले सञ्चारकर्मीसँग भने, ‘गठबन्धनको भन्दा डबल मत ल्याउँछु । गठबन्धनले ७० हजार मत ल्यायो भने म त्यसको डबल ल्याएर निर्वाचित हुन्छु ।’

२०५४ सालमा ८५ हजार मत ल्याएर मेयरमा निर्वाचित भएको बताएका उनले यसपटक पनि आफू निर्वाचित हुने दाबी गरे । स्थापित काठमाडौं महानगरको पूर्वमेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री र पूर्वसांसद हुन् ।

यसैगरी एमालेबाट काठमाडौं महानगरको उपमेयरमा भने सुनिता डंगोलको उम्मेदवारी दर्ता भएको छ । डंगोल पूर्व मिस नेवा हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 365 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाजुराकाे स्वामिकार्तिक खापरमा अध्यक्ष, उपाध्यक्षमा कांग्रेसका राेकाया र जाेशी निर्वाचित