पोखराको मेयर बन्न २३ जनाको मनोनयन

पोखरा । पोखराको मेयर बन्न २३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मुख्य राजनीतिक दल, साना दल र स्वतन्त्र गरी २३ जनाले नाम दर्ता गराएका हुन् ।

प्रमुख दल नेकपा एमालेबाट कृष्ण थापा उम्मेदवार बनेका छन् भने गठबन्धनबाट एकीकृत समाजवादीका नेता धनराज आचार्यले मेयरमा उम्मेदवारी दिएका छन् ।

सचेत नेपाली पार्टीबाट भोजराज खनाल, मौलिक जरोकिलो पार्टीका एन्जल तिमिल्सीना, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमप्रसाद गुरुङ, नेपाल जनता दलबाट मुक्तिनाथ सुवेदी, आमूल परिवर्तन पार्टीबाट मुना बानियाँले उम्मेदवारी दिएका छन् ।

यस्तै, जनमत पार्टीबाट शरणसिंह मोक्तान, देशभक्त समाजबाट नरबहादुर दमै, रोशनी बानियाँले नेपालका लागि नेपाली पार्टी, संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्चबाट अनिलकुमार राई, उन्नत लोकतन्त्र पार्टीबाट आशिष् थापा, नेकपा समाजवादीबाट भेषराज त्रिपाठीले उम्मेदवारी दिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

स्वतन्त्र रूपमा उम्मेदवारी दिनेहरू पनि धेरै छन् । अटेरी अभियानबाट गनेस पौडेल, विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला, किसान सिंह गुरुङ, नन्दप्रसाद तिवारी, सुनिल कुमार कोइराला र ऋषिराम सापकोटाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । कार्की, सापकोटा र तिवारीले गठबन्धनबाट बागी उम्मेदवारी दिएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 384 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
२० थान मतपत्र बढी भेटिएपछि भिमदत्तनगरपालिका मतगणना स्थगित