गठबन्धन र एमालेले इटहरी–धरानमा ग-यो उमेद्वारी दर्ता


इटहरी । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरूले सोमबार उमेद्वारी दर्ता गरेका छन् । इटहरीमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नगरसभापति समेत रहेका हेमकर्ण पौडेलले मेयरमा उमेद्वारी दर्ता गराएका छन् भने उपमेयरमा नेकपा एकीकृत समाजवादीबाट केशवकुमार विष्टले उमेद्वारी दर्ता गराएका छन् ।

यस्तै, नेकपा एमालेले इटहरीको मेयरमा नगर अध्यक्ष समेत रहेका यामकुमार सुब्बा र उपमेयरमा सङ्गीता चौधरीले उमेद्वारी दर्ता गरेका छन् । सोमबार निर्वाचन अधिकृतको कार्यालय इटहरीमा उनीहरूले तामझामसहित उमेद्वारी दर्ता गराएका हन् ।

उता, धरान उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका पूर्व नगरसभापति समेत रहेका किशोर राईले मेयरमा उमेद्वारी दर्ता गराएका छन् भने उपमेयरका लागि माओबादी केन्द्रका आइन्द्रबिक्रम बेघाले उमेद्वारी दर्ता गराए ।

यस्तै, नेकपा एमालेको तर्फबाट धरानमा मञ्जु भण्डारीले उमेद्वारी दर्ता गराइन् भने उपमेयरमा पदम इस्बोले उमेद्वारी दर्ता गराए । गठबन्धनबाट धरानमा अलग्गिएको जनता समाजवादी पार्टीका तर्फबाट नगर अध्यक्ष ताजुव लिम्बू र उपप्रमुखमा विना राईले उम्मेदवारी दर्ता गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 387 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रपति कार्यालय पुग्यो अर्याललाई सांसद बनाउने सिफारिस पत्र