हेटौंडाको मेयर बन्न ४ महिला सहित १७ जनाको उम्मेदवारी


चुरे मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयर पदको लागि १७ जनाले मनोनयन दर्ता गरेका छन् ।

जसमा महिला ४ जना छन् । ४ मध्ये ३ जना महिला राजनीतिक दलको तर्फबाट र एक जना महिला स्वतन्त्र रुपमा मेयरको उम्मेदवार बनेकी हुन् ।

विभिन्न राजनीतिक दलबाट ११ जना र स्वतन्त्र ५ जना गरी १६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । निर्वाचन कार्यतालिका अन्तर्गत आइतबार ७ जनाले मेयरमा मनोनय दर्ता गराएका थिए । आज सोमबार ९ जनाको मेयरको लागि उम्मेदवारी दर्ता भएको हो ।

हेटौंडाको मेयरमा नेकपा एमालेबाट अनन्त पौडेल, सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीको मीनाकुमारी लामा, नेपालका लागि नेपाली पार्टीबाट मुकुन्द प्रसाद आचार्य, नेपाल कम्युनिस्ट पार्टी मालेबाट केशव घर्ती, जनता समाजवादी पार्टी नेपालबाट दिपा लामा, राप्रपा दिपकबहादुर सिंहले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय अनुसार मेयरमा नेपाल मजदुर किसान पार्टीका रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टी अयोध्याकुमार भट्टाराई, सचेत नेपाली पार्टी रामप्रसाद गौतम, नेपाल कम्युनिस्ट पार्टी समाजवादी, रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टी सिर्जना बर्तौला उम्मेदवारी परेको छ ।

स्वतन्त्रबाट कबिराज पाठक, पुरुषोत्तम रुपाखेती, उत्तमकुमार दुलाल, लिलाकुमारी आचार्य र देवराज पौडेलले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आइजिपीमा वसन्त कुँवर नियुक्त

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा