इलाममा एमालेका तीनजना निर्विरोध


इलाम । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि इलाममा एक हजार चार सय ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १० पालिकाका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष र ८१ वडाका अध्यक्ष, सदस्य गरी ४ सय २५ कोटाका लागि एक हजार चार सय ५६ जनाले उम्मेदवारी दिएका हुन् । निर्वाचन कार्यालयका अनुसार प्रमुख÷अध्यक्षका लागि ५९, उपप्रमुख÷उपाध्यक्षका लागि ४४, वडाध्यक्षका लागि ३ सय ३४, खुला सदस्यका लागि ५ सय ५२, महिला सदस्यका लागि २ सय ५१ र दलित महिला सदस्यका लागि २ सय १६ जनाले मनोनयन दर्ता गराएको निर्वाचन कार्यलयले जानकारी दिएको छ ।

दश पालिकामा एक हजार ४ सय ५६ को उम्मेदवारी


सोमवार सम्पन्न भएको मनोनयन दर्ताबाट तीनजना निर्विरोध भईसकेका छन । उनीहरुले उमेद्घवारी दिएको पदमा अर्को उमेद्घवारी नपरेपछि उनिहरु निर्विरोध भएपनि घोषणा भएको छैन । उम्मेद्धारी दिएका मध्ये एक वडाको महिला सदस्य र दुइ वडामा दलित महिला सदस्य पदमा एक जनाको मात्र उम्मेद्धारी दर्ता भएको छ । नेकपा एमालेबाट मनोनयन दर्ता गराएकी रोङ ४ की महिला सदस्य मिना देवी तामाङ निर्विरोध भएकी छिन भने एमालेकै दिलमाया कमिनी सन्दकपुर गाउँपालिका वडा १ बाट निर्विरोध बनेकी हुन् । त्यस्तै माङसेवुङ गाउँपालिका वडा नम्बर ६ मा समेत दलित महिला सदस्य पदमा एमालेकै धन कुमारी विश्वकर्मा निर्विरोध भएकी छिन् ।

इलाम नगरपालिकामा विभिन्न दल र स्वतन्त्र गरी दुई सय जनाले उम्मेद्धारी दर्ता गराएका छन् । प्रमुखमा ६ जना र उपप्रमुखमा ७ जनाको उमेद्धारी परेको छ । सत्तारुढ गठवन्धनबाट केदार थापा र नेकपा एमालेबाट धिरेन चेम्जोङले उमेद्धारी दिइका छन् । उपमेयरमा पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी बिष्णु दाहालको छ भने एमालेका तर्फबाट सिता रिजालको मनोनयन दर्ता भएको हो । उपमेयरमै एकिकृत समाजबादीका तर्फबाट डिकेन्द्र दाहालले मनोनयन गरेका छन् । जिल्लाकै धेरै दुइ सय ९४ जनाको उमेद्धारी सूर्योदय नगरपालिकामा परेको छ । प्रमुखमा र उपप्रमुखमा पाँच पाँच जनाको उमेद्धारी परेको छ । गठवन्धनबाट नेकपा एकिकृत समाजबादीका रणबहादुर राई र नेकपा एमालेबाट काजीमान कागतेको प्रमुख पदमा उम्मेद्धारी दर्ता भएको छ भने नेकपा एमालेबाट नगर उपप्रमुखमा निवर्तमान उपाध्यक्ष दुर्गा भट्टराईको मनोनयन दर्ता भएको छ । गठबन्धनबाट निवर्तमान उप प्रमुखमा नेपाली कांग्रेसका दुर्गा बरालको छ । माइ नगरपालिकामा जम्मा दुइ सय ६ जनाको मनोनयन पत्र दर्ता भएको छ । प्रमुखमा नौ जना र उप प्रमुखमा चार जना प्रतिष्पर्धामा रहेका छन् ।

गठबन्धनबाट माओवादीका धनबहादुर लिम्बुको उमेद्धारी दर्ता भएसँगै असन्तुष्टी जनाउँदै नेपाली कांग्रेसका अर्जुन काफ्ले र माओवादीकै नेता भक्तबहादुर लुङ्गेलीले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । एकिकृत समाजवादीका अनिलकुमार तामाङ, मंगोल नेशनलका चन्द्र कुमार फागो, राष्ट्रिय जनमूक्तिका गंगा प्रसाद थेगीम, र राप्रपाका लालबहादुर थापाले प्रमुख पदमा मनोनयन गरेका छन् । त्यस्तै उपप्रमुखमा नेकपा एमालेबाट हिमा भण्डारी, मंगोल नेशनल बाट सपना राई, नेपाली कांग्रेसबाट हेम बहादुर लिम्बु र राजपा बाट रुपमाया लिम्बु रहेका छन् ।

देउमाई नगरपालिकामा जम्मा एक सय ३५ जनाको उमेद्धारी दर्ता भएकोमा प्रमुखमा पाँच र उप प्रमुखमा पाँच जनाको उमेद्धारी दर्ता भएको छ । देउमाई नगरपालिकामा एमालेका तर्फबाट प्रमुख र उपप्रमुख सूर्य पोख्रेल र पविमाई राईले मनोनयन दर्ता गराएका छन । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट होम दुलाल र उपप्रमुखमा भने गठबन्धनबाटै माओवादी केन्द्रका राम राईले मनोनयन दर्ता गराएका छन् ।

माइजोगमाई गाउँपालिकामा जम्मा ७७ जनाको मनोनयन पत्र दर्ता भएको छ । यस मध्ये ४ अध्यक्ष पदमा र तीन उपाध्यक्ष पदमा मनोनयन पत्र दर्ता भएको छ । नेकपा एमालेबाट माईजोगमाई गाउँपालिकाको अध्यक्ष पदमा कुशबहादुर थेवेको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष सावित्री भट्टराईको उम्मेद्वारी परेको छ । त्यस्तै गठबन्धनबाट निवर्तमान अध्यक्ष जीतबहादुर राई र उपाध्यक्षमा कांग्रेसबाट प्रविना राईको उम्मेद्वारी परेको छ । फाकफोकथुम गाउँपालिकामा जम्मा एक सय २५ जनाको उमेद्धारी दर्ता भएकोमा पाँच पाँच जनाको अध्यक्ष र उपाध्यक्ष पदमा उमेद्धार मनोनयन पत्र दर्ता भएको छ ।

फाकफोकथुम गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेका दिपेन्द्र खनाल र उपाध्यक्षमा कल्पना राईको उम्मेद्वारी परेको छ । गठबन्धनबाट अध्यक्षमा डिकबहादुर थापाको उम्मेद्धारी दर्ता भएको छ । उपाध्यक्षमा काङ्ग्रेसबाट भद्रमाया खड्का, माओवादीबाट कुल बहादुर वान्तावा, मंगोल नेशनलबाट सोनिया योङहाङ लिम्बु, स्वतन्त्र–तेज प्रकाश पौड्यालको उम्मेद्धवारी परेको छ ।

चुलाचुली गाउँपालिकामा एक सय ५५ जना उमेद्धारले मनोनयन पत्र दर्ता गरेका छन् । अध्यक्ष पदमा नौ जनाको र उपाध्यक्ष पदमा ६ जना उमेद्धारको मनोनयन पत्र दर्ता भएको छ । चुलाचुली गाउँपालिकामा अध्यक्ष पदका लागि नेकपा एमालेका ओमनारायण खनाल र उपाध्यक्षमा दिलकुमारी लिम्बूको उम्मेद्वारी परेको छ । त्यस्तै गठबन्धनबाट अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र केरुङ र उपाध्यक्षमा माओवादीको तर्फबाट तुला लावतीको उम्मेद्धारी परेको छ ।

माङ्सेवुङ गाउँपालिकामा जम्मा ७९ जना उमेद्धार मध्ये अध्यक्ष पदमा चार जनाले र उपाध्यक्ष पदमा दुइ जना उमेद्धारले मनोनयन पत्र दर्ता गरेका छन् । माङसेबुङ गाउँपालिकाको अध्यक्ष पदका लागि गठबन्धनबाट अध्यक्ष पदमा नेपाली कांग्रेसबाट निवर्तमान अध्यक्ष डिकेन्द्र इदिङ्गो र उपाध्यक्षमा जनता समाजवादीबाट विनोद नेम्वाङको उम्मेद्वारी परेको छ । नेकपा एमालेबाट हेमन्त राई र उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष सुनिता राईको उम्मेद्वारी परेको छ ।

रोङ गाउँपालिकामा एक सय चार जना उमेद्धारले मनोनयन पत्र दर्ता गरेका छन् । अध्यक्ष पदमा ६ जना र उपाध्यक्षमा चार जनाले उमेद्धारी दिएका छन् । नेकपा एमालेबाट रोङ गाउँपालिकाको अध्यक्ष पदमा मेहरमान तामाङ र उपाध्यक्ष पदमा विष्णुमाया खवासको उम्मेद्वारी परेको छ । त्यस्तै गठबन्धनबाट अध्यक्षमा मनिकुमार स्याङ्वो (सुवास) र कल्पना भण्डारीको उम्मेद्वारी परेको छ । गठबन्धनमा दुवै पद कांग्रेसले पाएको थियो ।

सन्दकपुर गाउँपाकिलामा जम्मा ८१ जनाको उमेचद्धारी परेको छ । अध्यक्ष पदमा ६ जना र उपाध्यक्ष पदमा चार जना उमेद्धारले मनोनयन पत्र दर्ता गरेका छन् । सन्दकपुर गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा तुलाराम गुरुङ र उपाध्यक्षमा एकिकृत समाजवादीका हरिलुङ्गेलीको उम्मेद्वारी परेको छ । त्यस्तै नेकपा एमालेका विर्तमान अध्यक्ष उदय राई र उपाध्यक्षमा तुलसा देवी सेढाईले मनोनयन दर्ता गराएका छन् । नेकपा एमाले जिल्ला कमिटी इलामका सचिव रहेका उमेस गुरुङले सचिव पदबाट राजिनामा दिएर स्वतन्त्र उम्मेद्वारी दिएका थिए तर सचिव गुरुङले मंगलबारनै उम्मेद्वारी फिर्ता गरेका छन् ।

इलाम जिल्लामा चुनाव चिन्ह सहित उमेद्धार बन्न पाउने १७ वटा राजनैतिक दल दर्ता भएका छन् भने स्वतन्त्र रुपमा पनि विभिन्न पदमा उमेद्धारहरुले मनोनयन पत्र दर्ता गरेका छन् । जिल्लामा वडा संख्या ८१ रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 416 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२९ पुस २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहिता पालना गर्ने लुम्बिनीका दलहरुको प्रतिवद्धता