पोखराको मेयरमा २८ र उपमेयरमा ११ को मनोनयन

पोखरा । स्थानीय तह निर्वाचनमा कास्कीका ५ पालिका प्रमुखमा ५२ जनाले मनोनयन दर्ता गराएका छन् । यस्तै, उपप्रमुखमा ३० जनाले उम्मेदवारी दिए । ५ पालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी कुल ३ सय ७० जनप्रतिनिधि चाहिनेमा १ हजार ४ सय १९ जनाले मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ । आयोगले आइतबार र सोमबार गरी २ दिन मनोनयन लिएको थियो ।

पोखरामा कुल १ सय ६७ जनप्रतिनिधि सिटमा महानगर मेयर, उपमेयर, ३३ वटाका वडाध्यक्ष र सदस्य गरी ८ सय ६ जनाले उम्मेदवारी दिए । यो आवश्यक जनप्रतिनिधिको झन्डै ५ गुना बढी उम्मेदवारी हो ।

पोखरा महानगर मेयरमा २८ र उपमेयरमा ११ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । तीमध्ये मेयरमा स्वतन्त्रतर्फ ९ र उपमेयरमा १ छन् । मेयरमा मनोनयन दिनेमा कृष्णबहादुर थापा (एमाले), धनराज आचार्य (गठबन्धन–नेकपा एस), शंकर खराल (राप्रपा), सुशीला केसी अधिकारी (विवेकशील साझा), तुमबहादुर रोका (राष्ट्रिय जनमोर्चा), मुक्तिनाथ सुवेदी (नेपाली जनता), अनिलकुमार राई (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च), प्रेमप्रसाद गुरूङ (मंगोल नेसनल), मुना बानिया (आमुल परिवर्तन मसिहा), रोशनी बानियाँ बस्नेत (नेपालका लागि नेपाली), सिर्जनदेवी रिजाल कार्की (राष्ट्रिय नागरिक पार्टी) रहेका छन् ।

त्यस्तै रनबहादुर दमै (देशभक्त समाज), शरणसिंह मोक्तान (पुरूष जनमत), सञ्जय तिमिल्सिना (मौलिक जरोकिलो), गोविन्द गुरूङ (राप्रपा नेपाल), भोजराज खनाल (सचेत नेपाली), गोविन्दप्रसाद शर्मा (नेकपा समाजवादी), आशीष थापा (उन्नत लोकतन्त्र), भोजराज त्रिपाठी (नेकपा माओवादी समाजवादी) छन् । यस्तै स्वतन्त्र उम्मेदवारी दिनेमा खड्कराज पौडेल (गनेश), विमलबहादुर कार्की, डिलबहादुर गुरूङ, नवराज बास्तोला, किसानसिंह गुरूङ, नन्दप्रसाद तिवारी, रामराज अधिकारी, सुनीलबहादुर कोइराला, ऋषिराम सापकोटा (स्वतन्त्र) छन् ।

उपमेयरतर्फ मञ्जुदेवी गुरूङ (एमाले), कोपिला रानाभाट (गठबन्धन–कांग्रेस), रञ्जनाकुमारी सेन पौडेल (राप्रपा), माधव भण्डारी (विवेकशील साझा), रामबहादुर तामाङ (मंगोल नेसनल), पदमबहादुर गुरूङ (आमूल परिवर्तन मसिहा), चीना दवाडी (राप्रपा नेपाल), सोनी परियार (सचेत नेपाली), शीतला थापा (नेकपा समाजवादी), इन्द्र सुनार (नेकपा माओवादी समाजवादी) र सोममाया विक (स्वतन्त्र) छन् ।

तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयरमा श्रीमान र उपमेयरमा श्रीमतीको उम्मेदवारी दर्ता