सात पालिका मध्ये अमरगढीमा मात्रै प्रमुखमा महिलाको उम्मेदवारी


डडेल्धुरा । सात वटा स्थानिय तह रहेको डडेल्धुरामा स्थानिय तह प्रमुखमा महिला उम्मेदवार शून्य प्रायः देखिएको छ । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा आईतवार र सोमवार राजनीतितक दलहरुका उम्मेदवारहरुले गरेको मनोनयन दर्तामा प्रायः पालिकामा पुरुषहरुको उम्मेदवारी परेको छ ।

प्रमुख कार्यकारी पदमा एक सिट महिलाको अनिवार्य हुने संवैधानिक व्यवस्था भएपछि गत निर्वाचनमा अधिकांस पालिका उपप्रमुख, (उपाध्यक्ष)मा महिलाको उम्मेदवारी परेको थियो । तर यस पटक सत्ता साझेदार दलहरुले गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गरेपछी उपप्रमुख एवं उपाध्यक्षमा समेत पुरुषहरुको उम्मेदवारी परेको छ ।

दुई वटा नगरपालिका र पाँच वटा गाउँपालिका रहेको डडेल्धुरामा अमरगढी नगर प्रमुखमा एक जना महिलाले मात्रै उम्मेदवारी दर्ता भएको छ । नेकपा एकिकृत समाजवादी पार्टीबाट नगरप्रमुखमा संगिता भण्डारीले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको मुख्य कार्यालयले जनाएको छ । उनी गत निर्वाचनमा नेकपा एमालेबाट नगर उप्रमुखमा निर्वाचित भएकी थिईन । कम्युनिष्ट पार्टीहरुको गठबन्धन फुटेपछी उनी समाजवादी पार्टी तर्फ लागेकी थिईन् । डडेल्धुरामा अहिले उनी एक जना मात्रै महिला प्रमुख पदको उम्मेदवारीमा देखिएकी छन् ।

कतिपय पालिकामा पुराना जनप्रतिनिधि पुनः दोहोरिए पनि महिला प्रमुख भने दोहरिएका छैनन् । २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसबाट भागेश्वर गाउँपालिका अध्यक्षमा उम्मेदवार भई निर्वाचित भएकी कौशिला भट्ट यस पटक भने दोहरिइनन् । काँग्रेसले अहिले भागेश्वरमा पुरुषलाई नै उम्मेदवार बनाएको छ । गत निर्वाचनमा अमरगढीको प्रमुख पदका लागि नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी शोभा भट्ट भने पराजित भएकी थिईन ।

नेपाली काँग्रेस विपि र नेकपा एमालेले तालमेल गरी निर्वाचनमा जाने भएपछी अमरगढी नगर प्रमुख, उपप्रमुख र अजयमेरु गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पुरुषहरुको नै उम्मेदवारी परेको छ ।

यी पालिकामा दोहरिए जनप्रतिनिधि

सात वटा पालिकाहरुमध्ये दुई वटा गाउँपालिकामा पुरानै जनप्रतिनिधि अध्यक्ष, उपाध्यक्ष दोहरिने गरी उम्मेदवारी मनोनयन दर्ता गरिएको छ भने एउटा गाउँपालिकामा अध्यक्ष, एउटा नगरपालिकामा उपप्रमुख र एउटा नगरपालिकामा उपप्रमुख प्रमुख पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

आलिताल गाउँपालिकमा काँग्रेसबाट २०७४ सालको निर्वाचनमा निर्वाचित अध्यक्ष बल बहादुर गुरुङ्ग र उपाध्यक्ष ज्वालादेवी बिष्ट यस पटक पनि अध्यक्ष, उपाध्यक्ष पदमा उम्मेदवार बनेका छन् । यस्तै अजयमेरु गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट गत निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा निर्वाचित उमेश भट्ट र कलावती भाण यस पटक फेरी अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनेका छन् ।
नवदुर्गा गाउँपालिकामा गत निर्वाचनमा नेकपा एमालेबाट अध्यक्ष पदमा निर्वाचित कबिन्द्र भट्ट यस पटक समाजवादी पार्टीबाट फेरी अध्यक्ष पदमा उम्मेदवार बनेका छन् ।

अमरगढी नगरपालिकामा गत निर्वाचनमा एमालेबाट उपप्रमुखमा निर्वाचित संगिता भण्डारी यस पटक समाजवादी पार्टीबाट प्रमुखमा उम्मेदवार बनेकी छन । भित्रिमधेशको परशुराम नगरपालिकामा यस अघि काँग्रेसबाट उपप्रमुखमा निर्वाचित कलावती बोहरा यस पटक पनि उपप्रमुखमा उम्मेदवार बनेकी छन् ।

गत निर्वाचनमा पराजित उम्मेदवार फेरी चुनाव लड्दै

राजनितिक दलहरुले गत निर्वाचनमा पराजय भोगेका उम्मेदवारहरुलाई नै यस पटक पनि उम्मेदवार बनाएको छ । नेपाली काँग्रेसबाट अमरगढी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार संग पराजित भएका प्रमुख पदका उम्मेदवार डिल्लीराज जोशी र उपप्रमुख पदका उम्मेदवार पार्वती झुकाललाई फेरी उम्मेदवार बनाएको छ । यस्तै काँग्रेसले नवदुर्गा गाउँपालिका अध्यक्षमा पराजित लक्ष्मि अवस्थीलाई समेत यस पटकको निर्वाचनमा फेरी अध्यक्ष पदमा उम्मेदवार बनाएको छ ।

नेकपा माओवादी केन्द्रले पनि परशुराम नगरपालिकामा काँग्रेसका उम्मेदवार संग प्रमुख पदमा पराजय हुनु भएका शेर सिंह माललाई नै फेरी पनि प्रमुख पदका उम्मेदवार बनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 366 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा खाता एमालेले खोल्यो