गठबन्धनमा सहमति हुन सकेन, कैलालीमा सवै दलको उम्मेदवारी दर्ता


टीकापुर(कैलाली) । कैलालीका १३ वटै स्थानीय तहमा सत्तारुढ गठबन्धनमा आवद्ध प्रमुख तीन दलले संयुक्त उम्मेदवारी दिनेगरी सहमति गरेपनि कार्यान्वयन हुन सकेको छैन् ।

सहमति कार्यान्वयन नहुँदा गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी दलले धनगढी उपमहानगरपालिका, घोडाघोडी र भजनी नगरपालिका बाहेक अन्य स्थानीय तहमा छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।

सहमति अनुसार कांग्रेस धनगढी उपमहानगर सहितका ७ वटा पालिका, माओवादी केन्द्र ४ वटा र एकीकृत समाजवादीको भागमा २ वटा पालिका प्रमुख र एक उपप्रमुख परेको थियो । तर, मनोनयन दर्ताका क्रममा नेपाली कांग्रेसले प्रमुख पाएका लम्कीचुुहा नगरपालिका र जानकी गाउँपालिकामा सहमति तोड्दै माओवादी केन्द्रले पनि उम्मेदवारी दिएको छ ।

लम्कीचुुहामा कांग्रेसको प्रदेश कमिटीले भक्तबहादुर थापा र केन्द्रीय कमिटीले सुुशीला शाहीलाई उम्मेदवार बनाउँदा माओवादी केन्द्रले लोकराज ढकालको उम्मेदवारी दर्ता गराएको छ ।

कांग्रेसको भागमा परेको जानकी गाउँपालिकामा परशुराम महतो कठरीया गठबन्धनका आधिकारिक उम्मेदवार बन्दा माओवादीले विष्णुुकुमारी बमको मनोनयन दर्ता गराएको छ ।

माओवादी केन्द्रले मात्र होइन भागबन्डाका क्रममा माओवादीको भागमा परेका पालिकामा नेपाली कांग्रेसले पनि सहमति विपरीत उम्मेदवार बनाएको माओवादी केन्द्रका नेता रमेश धामीले बताए । सहमतिअनुसार माओवादी केन्द्रले गौरीगंगा र भजनी नगरपालिका तथा कैलारी र मोहन्याल गाउँपालिका पाएको थियो ।

यी पालिकामा कांग्रेसले उपप्रमुखका उम्मेदवार उठाउने सहमती भएको थियो । तर, गौरीगंगा नगरपालिका र भजनी नगरपालिका बाहेक कैलारी गाउँपालिकामा कांग्रेसले उम्मेदवार उठाएको छ ।

माओवादी केन्द्रले निवर्तमान गाउँपालिका अध्यक्ष लाजुुराम चौधरीलाई अध्यक्षको उम्मेदवार बनाउँदा कांग्रेसका रामसमझ चौधरीले पनि मनोनयन दर्ता गराएका छन् । गौरीगंगा नगरपालिकामा उपप्रमुख कांग्रेसको भागमा परेपनि एकीकृत समाजवादीले निवर्तमान उपप्रमुख अञ्चला चौधरीलाई उम्मेदवार बनाएको छ ।

एकीकृत समाजवादीको भागमा घोडाघोडी नगरपालिका र चुरे गाउँपालिका परेको थियो । तर चुुरे गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले पनि उम्मेदवार उठाएका छन् । अध्यक्षमा एकीकृत समाजवादीले लोकबहादुर सारुलाई उम्मेदवार बनाउँदा कांग्रेसले टीकाराम ढुङ्गाना र माओवादीले टेकबहादुर रजबारलाई उम्मेदवार उठाएका छन् ।

समाजवादीले गौरीगंगा नगरपालिका बाहेक अन्य स्थानीय तहमा भने उम्मेदवार उठाएको छैन् । कैलालीमा सत्ता गठबन्धन दलबीच ढिलो सहमति भएका कारण तल्लो तहसम्म सर्कुलर गर्न नसकेकाले सहमति विपरित उम्मेदवारी परेको बताउँदै एकीकृत समाजवादीका जिल्ला सचिव खडक रावतले उम्मेवारी फिर्ता लिने समय बाँकी रहेकाले सहमति अनुसार नै उम्मेदवारी कायम रहने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 243 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

अखिलको २३औं सम्मेलनः अध्यक्षका लागि ६ जना प्रतिस्पर्धामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
खसको भन्दा १६ मत बढी भेटिएपछि धनुषामा झडप, प्रहरीद्धारा २५ राउण्ड हवाई फायर