पहिलो लेगमा रियलविरुद्ध सिटीलाई ४-३ को अग्रता

लन्डन । यूईएफए च्याम्पियन्स लिग फुटबलको पहिलो सेमिफाइनलमा घरेलु टोली म्यानचेस्टर सिटीले रियल मड्रिडविरुद्ध ४-३ अन्तरको अग्रता लिएकाे छ । म्यानचेस्टर स्थित इतिहाद रंगशालामा भएको खेलमा दुबै टोली आक्रमणमा केन्द्रीत रहँदा पहिलो लेगमै सात गोल प्रहार भयाे ।

इग्लिस प्रीमियर लिग लिडरसमेत रहेको सिटीले सुरुआत २-० को अग्रता गुमाएको थियो । खेलको पहिलो हाफमा तीन गोल हुँदा दोस्रो हाफमा चार गोल थपिए । सिटीको जितमा केभिन डे ब्रुयन, गाब्रीयल जेसुस, फिल फोडेन र बर्नाण्डो सिल्भाले १-१ गोल गरे ।

भ्रमणकारी स्पेनिस ला लिगा लिडर रियलको लागि करिम बेन्जेमाले एक पेनाल्टी सहितजम्मा २ गोल गरे । यस्तै भिनिसिअस जुनियरले १ गोल गरे । पराजित बाबजुद रियलले अवे खेलको फाइदा भने उठाएको छ । पेरिसमा हुने फाइनल पुग्न दोस्रो लेगमा सिटीलाई बराबर काफी छ भने रियललाई जितको बिकल्प छैन ।

दोस्रो लेग अब रियलको घरेलु मैदानमा ५ मेमा हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कास्कीमा गठबन्धन टुट्यो