गठबन्धन विपरीत दिएका उम्मेदवारी फिर्ता लिन तीन दलको अपिल


टीकापुर(कैलाली) । कैलाली जिल्लाका विभिन्न स्थानीय तहमा सत्तारुढ गठबन्धनमा भएको सहमति विपरीत गठबन्धनमा आवद्ध दलका तर्फबाट दिइएका उम्मेदवारी फिर्ता लिन प्रमुख तीनले संयुक्त रुपमा अपिल गरेका छन् ।

नेपाली काँग्रेसका प्रदेश सभापति नारायण दत्त भट्ट, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरी र नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज दीर्घ सोडारीले बुधबार संयुक्त रुपमा अपिल जारी गरेका हुन् ।

वैशाख ११ गते गठबन्धनमा भएको सहमति अनुसार १३ वटा पालिकामा तालमेलका आधारमा उम्मेदवारी दिने भन्ने थियो । पालिकाका विभिन्न पदमा पार्टीको नामबाट र स्वतन्त्र रुपमा समेत गठबन्धनमा आवद्ध दलकै विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिले उम्मेदवारी दिएको भन्दै उनीहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरिएको छ ।

कैलालीमा धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका र भजनी नगरपालिकामा भने गठबन्धनमा भएको सहमति अनुसार नै उम्मेदवारी परेको छ । वडा तहमा भने प्रतिष्पर्धा गरेर जाने सहमति भएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 290 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाजुराको बुढीगङ्गामा एमालेले बुथ कब्जा गरेको भन्दै कांग्रेसद्वारा पुनः मतदानको माग