डडेल्धुराका पालिका प्रमुखमा चार जना अधिवक्ताको उम्मेदवारी


डडेल्धुरा । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा कानून व्यवसायी अधिवक्ताको उल्लेख्य उम्मेदवारी परेको छ । डडेल्धुराका दुई वटा नगरपालिका प्रमुख र दुई वटा गाउँपालिका अध्यक्षमा अधिवक्ताहरुले उम्मेदवारी दिएका छन् ।

अमरगढी नगरपालिकामा नेपाली काँग्रेस बिपीबाट अधिवक्ता हरि भट्टले उम्मेदवारी दर्ता गरेका छन । नेपाली काँग्रेस पूर्व महाधिवेशन प्रतिनिधि भट्ट साँतौ अधिवेशनमा भने बाहिररिएका थिए । काँग्रेसमा नगर प्रमुखको टिकट आफुले पाउनु पर्ने माग राख्दै आएका भट्टलाई उम्मेदवार नबनाईएपछी उनि काँग्रेस बिपीबाट उम्मेदवार बनेका हुन ।

भित्रिमधेशको परशुराम नगरपालिकामा राष्ट्रिय जनमोर्चा समवन्य समितिबाट प्रमुखमा अधिवक्ता लालबहादुर जाग्रीले मनोनयन दर्ता गरेका छन् । उनि डडेल्धुरा बार एसोसियसन ईकाइ समिती अध्यक्ष समेत हुन् ।

भित्रिमधेश क्षेत्रकै आलिताल गाउँपालिकामा नेकपा एकिकृत समाजवादी पार्टीबाट अध्यक्षमा अधिवक्ता तुलाराम बोहराले मनोनयन दर्ता गरेका छन । यसैगरी अजयमेरु गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट अधिवक्ता पदम पालले उम्मेदवारी दर्ता गरेको निर्वाचनको कार्यालयले जनाएको छ ।

अमरगढी नगरपालिकामा यस अघि २०७४ सालको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार जनप्रतिनिधि चुनिएका थिए । अहिले एमाले संग तालमेल गरी काँग्रेस बिपीका उम्मेदवार प्रमुखमा र एमालेका उम्मेदवारले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

परशुराम नगरपालिकामा यस अघि नेपाली काँग्रेसका उम्मेदवार जनप्रतिनिधि चुनिएका थिए । काँग्रेसले अहिले उपप्रमुखमा पुरानैलाई दोह¥याएको छ । आलिताल गाउँपालिकामा पनि काँग्रेसकै उम्मेदवार जनप्रतिनिधि चुनिएका थिए । काँग्रेसले अहिले पनि उनीहरुलाई नै उम्मेदवार बनाएको छ ।

अजयमेरु गाउपालिकामा यस अघि नेकपा मओवादी केन्द्रका उम्मेदवार जनप्रतिनिधि चुनिएका थिए । र यस पटक पनि माओवादीले उनहरुलाई नै उम्मेदवार बनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 259 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कोशी सरकारविरूद्धको रिटको आज सुनुवाइ हुँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचन महत्वपूर्ण चरणमा